नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निस्कर्ष निकालेको हो ।
झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।
नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका –४ गेउरिया नदीमा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले समानान्तर केन्द्रीय समिति नरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्को छानविन समितिले समानान्तर कमिटि उल्लेख गरेको भन्दै आपत्तिसमेत जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु-१८ युथ लिगको विजेताले एक लाख प्राप्त गर्ने भएको छ ।
मनसुनजन्य विपद न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको छ ।
राष्ट्रिय दलित आयोगले थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको जनाएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकारसमक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको आयोगको गुनासो छ ।
नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरुको अवस्था सकारात्मक देखिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत हुनुभएको छ ।