प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्ब बयालिस करोड बहत्तर लाखमध्ये असारमा मात्र २१ प्रतिशत खर्च भएको छ ।
अग्रज साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व दधिराज सुवेदी शारीरिक वा भौतिक रूपमा अब रहनुभएन । विसं २०८० चैत १४ गते उहाँको इहलौकिक देहले चीरविश्राम लियो । “...पलापला छन् यदि प्राणवन्त
ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्रयाक्टर चोरी गरेको आरोपममा प्रहरीले पक्राउ गरेको हो ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।
घर भन्नासाथ बसोबास गर्न मान्छेले बनाएको घर भनेर बुझ्छौँ । गाई, भैँसी राख्ने गोठ, बाख्रा राख्ने खोर, बाघ बस्ने ओढार, चरा बस्ने गुँड, माछा बस्ने कुर आदि भने जस्तै सामान्य शब्द हो घर । यसको मूल्य, मान्यता, महìव आ
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
। ‘दी मिसेस नेसनल–२०२४’ को उपाधि इलामकी सुजाता सुब्बाले जित्नुभएको छ । व्रिmजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनर्जेटिकसहित पहिलो उपविजेता र मञ्जिल रञ्जितकार मस्ट इलिजेन्टसहित दोस्रो उपविजेता हुनुभएको छ । प्रतिस्पर्धामा १६ विवाहित सुन्दरीको सहभागिता थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको १९ कट्ठा जग्गा गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरियाले अनधिकृत रूपमा भोग चलन गरिरहेको भेटिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा सर्वज्ञ वाग्ले (क्यालिफोर्निया) निर्वाचित हुनुभएको छ ।
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।