काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु. ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
गुल्मीमा मुसा मार्ने विष सेवन गर्दा बालिकाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।
निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।
सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई कुलो र अन्य ठाउँबाट पानी तानेर सिँचाइ गर्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिकाले २१६ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।
पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।
वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना ।
भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।
आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ ।
हेटौँडामा वर्षासँगै आएको खोलाको भेलले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । हेटौँडा–१८ स्थित बरौली खोलाले बगाएर १० वर्षीया रसमती बलको मृत्यु भएको हो ।
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारका एक युवकले चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।