मधेश प्रदेशमा पहिलो पटक जनमत पार्टीको नेतृत्वमा बनेको मन्त्रीपरिषद् विस्तारका लागि केन्द्रीय निर्देशन प्रतीक्षा गरिएको छ । मधेशको तेस्रो मुख्यमन्त्रीका रूपमा जनमतबाट नेतृत्व गरिरहनुभएका सतीशकुमार सिंहले विश्वासको मत लिएको साता दिन बित्न लागे पनि मन्त्रीपरिषद् पुनर्गठन हुन नसकेपछि केन्द्रीय सहमति अनुसार मधेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको हो ।
वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो ।
बिरुवा गाउँपालिका सदरमुकाम स्याङ्जा बजारबाट दक्षिणपूर्वमा पर्दछ । साबिकका बिरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडा तथा पेल्काचौर, राङभाङ, चिन्नेबास तथा किचनास गाविसका केही वडा
भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
मनाङमा मनाइने यार्तुङ मेलालाई घोडेजात्रा पनि भनिन्छ । मङ्गलबारबाट सुरु भएको यार्तुङमा घोडा कुदाएर मनोरञ्जन लिइन्छ । मनाङमा यार्तुङको विशेष महŒव र रौनक छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, घ्यारु, ङावल, हुम्डे, भ्राका, पिसाङलगा
वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
बाढीपहिरोपीडित बर्खाको समयमा त्रासमय वातावरणमा बास बस्न बाध्य छन् । पहिरोकोे जोखिममा रहेका बस्ती स्थानान्तरण नगरिँदा पीडित बर्खाको समयमा जोखिमपूर्ण ठाउँमा बस्न बाध्य भएका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
विसं २०३३ देखि नेपालमा पुँजी बजारको संस्थागत विकासको प्रारम्भ भएको हो । अहिलेसम्म पुँजी बजारले अपेक्षित रूपमा उपलब्धि हासिल गर्न सकेको छैन । अर्थात् विकसित मुलुकको पुँजी बजारको तुलनामा हामी धेरै पछि छौँ । पुँजी बजारसम्बन्धी ज्ञानको कमीले हामीकहाँ सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने गर्दछौँ । सायद हामीकहाँ व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्छ । संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन । यसका लागि पुँजी बजारसम्बन्धी सचेतना जगाउनका लागि कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा पुँजी बजारसम्बन्धी साक्षरता दिनु आवश्यक छ । अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सिपको विकास भइसकेको छैन । साना व्यवसायी, सेयरधनी तथा पुँजीपति उद्यमी (भेन्चर क्यापिटलिस्ट) जस्ता निजी लगानीकर्ताले पुँजी बजारमा आफ्नो रकम हालेर जोखिम मोल्छन् । लगानीकर्ताले कहिलेकाहीँ गल्ती गर्छन्, कहिलेकाहीँ उनीहरूले लगानी गरेका परियोजना घाटामा जान्छन् । यस्तो अवस्थामा सेयर बजार सम्बन्धी जनचेतनामूलक कार्यव्रmम, तालिम, सेमिनार तथा साक्षरता बनाउनु आवश्यक छ । पुँजी बजारसम्बन्धी साक्षरता दिँदा लगानीकर्तालाई के सिकाउनु पर्छ भने कुनै व्यक्तिले तात्कालिक नतिजा मात्र नहेरेर दीर्घकालीन नतिजा पनि हेर्नु पर्छ । पछिल्लो समय लगानीकर्ताले चाहेको समयमा खरिद बिक्री गर्न सक्ने भएको हुँदा साना बचतकर्तादेखि ठुला लगानीकर्ताको लगानी पुँजीप्रति आकर्षित भएको पाइन्छ । अर्थात्, जम्मा १० कित्ता सेयर लिएर कसैले लगानी नै त बढाउने होइन । यसले सर्वसाधारणका लागि जारी गरिएको १० कित्ता सेयरले गर्दा रोजगारबाट वञ्चित भएका, विद्यार्थी वर्ग र न्यून आय भएका वर्गलाई निकै फाइदा पुगेको छ । सूचना प्रविधि र आइएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पुर्याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत पुँजी बजारमा सजिलै सहभागी हुन सक्छन् । पुँजी बजारको विकास र विस्तारले गर्दा गाउँका कुना कन्धरामा गएर पुँजी बजारको गतिविधिबाट देशमा बचत तथा लगानीले धन बढ्न गई उत्पादकत्व पनि बढ्छ । जसले गर्दा एकातिर आर्थिक व्रिmयाकलापको विकास हुन्छ भने अर्कोतिर उद्योग, व्यापार र कृषि क्षेत्रमा प्रगतिका लहर आउँछन् ।लगानीकर्ताको क्षमता विस्तार गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ट्रेनिङ इन्स्टिच्युट स्थापना गरी स्थानीय तह, प्रदेशमा समेत वित्तीय साक्षरता तालिम दिनु पर्छ । सेबोन, नेप्से र ब्रोकरले पाउने ब्रोकर कमिसनसहित अन्य लागत पनि घटाउनु जरुरी छ । किनभने लगानीकर्तालाई बजारप्रति आकर्षण र पहुँच विस्तार गर्न सजिलो हुन्छ । नेप्सेको सुधार गरेरै पुँजी बजारको आधुनिक विकास र विस्तार गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रमा नयाँ स्टक एक्सचेन्ज ल्याउन सक्नु पर्छ । नेप्से र ब्रोकरको सिडिएसलगायतका सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।नेपालको पुँजी बजार बढ्दो छ । अझ यो बजारलाई माथि उकास्न धेरै सुधारका काम गर्नु आवश्यक छ । पुँजी बजारको दिगो विकास विस्तारका लागि आवश्यक पूर्वाधारको व्यवस्थाका साथै पुँजी बजारको सुधार प्रक्रियालाई नयाँ मोडेल अनुसार लैजान सक्नु पर्छ । पुँजी बजारलाई दीर्घकालीन वा स्थायी प्रकृतिको बनाउन बजारको उपकरण पनि पर्याप्त, भरपर्दो, प्रविधिमैत्री र सुदृढ गर्दै लैजानुु पर्छ । जसले गर्दा पुँजी बजारमा स्थायित्व छ भन्ने सन्देश जाने छ । नियामक निकाय र बजार सहभागीको साक्षरता क्षमता अभिवृद्धि सक्न सक्नुु पर्छ । यस्तै नियामक निकाय र सरकारको पुँजी बजारसम्बन्धी स्थिर नीति र नियमन हुनु बनाउनु पर्छ । कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजी बजार प्रभावित हुनु हुँदैन । नेपाली जनतालाई पहिला पुँजी बजारबारे बुुझाउन, अभ्यास र साक्षरता गराउन ज्यादै कठिन थियो । अहिले प्रविधिको परिवर्तनले यसलाई सजिलो बनाएको छ । यसका लागि संस्था तथा नियामक निकायले ऐन, नियम र कानुुन समयसापेक्ष बनाउनु पर्छ । बढ्दो लगानीकर्ता र भित्रिँदो प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा भएको अभ्यासलाई सूक्ष्म रूपले अध्ययन गर्नु पर्छ । पुँजी बजारबारे साक्षरता तथा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकाय निरन्तर लाग्नु पर्छ ।नेपालको पुँजी बजार अस्थिर छ भन्ने गुनासो व्यापक सुनिन्छ । यसले भर्खरै बजारमा प्रवेश गरेका लगानीकर्तालाई निरुत्साहित बनाउने काम गरेको देखिन्छ । लगानी उठ्ला कि नउठ्ला भनेर लगानीकर्तालाई भयभीत र चिन्तित बनाउने काम भएको छ । यी विविध समस्याका कारण यस क्षेत्रमा लगानीकर्ताको दृष्टिकोण नै परिवर्तन गर्नका लागि साक्षरता अभियान नै चलाउनु पर्ने देखिन्छ । यस्तै लगानीकर्ताले समयमा प्रतिफल पाउन सक्ने कुनै ग्यारेन्टी दिन सकेका कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्नु पर्छ । कुनै पनि परियोजना लागि आवश्यकताभन्दा बढी मूल्य देखाउने गरेको पछिल्लो समय देखिन्छ । पुँजी बजारमा रहेका यस्ता समस्यालाई पनि समाधान गर्नुपर्ने देखिन्छ । विश्वका सुदृढ पुँजी बजारमा अपनाइने प्रविधिलाई हाम्रो मुलुकमा ल्याई इन्टरनेटमा आधारित कारोबार गर्न जतिसक्दो छिटो पूर्ण स्वचालित व्यापार प्रणाली सञ्चालन गर्नु आवश्यक देखिन्छ । पुँजी बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्सेलाई समयसापेक्ष विकास गर्दै लैजानु आवश्यक छ । पुँजी बजार विस्तारका लागि प्रविधि राम्रो भएमा बजारमा देखिएका धेरै समस्या समाधान सहजै सकिन्छ ।सूचना प्रविधियुक्त बजार विस्तार भएको र संस्थाको गरिमा बढेमा मात्र लगानीकर्ताको विश्वास बढ्न सक्छ । नेपालमा अनलाइन सिस्टम भर्खर सुरु हुँदै छ । यसलाई पूर्ण रूपमा विकास गर्न सकेमा पुँजी बजार जहाँसुकैबाट पनि कारोबार गर्न सकिन्छ । बैङ्क एकाउन्ट, डिम्याट एकाउन्टसँग इन्टिग्रेट र रिअल टाइममा सेटलमेन्ट गराउन सके स्वदेश वा विदेश भनिरहनु नै पर्दैन जहाँसुकैबाट पनि पुँजी बजारमा लगानी गर्न सकिन्छ । यसका लागि पुँजी बजारलाई पूूर्ण आधुनिकीकरण गरी विकास गर्न नेप्सेको संरचनात्मक सुधार गर्नु अत्यावश्यक छ । पुँजी बजारमा देखिएका विविध समस्या समाधान गर्न राज्यले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने देखिन्छ । नेपालको पुँजी बजारलाई प्रतिस्पर्धात्मक रूपमा विकास गर्न सक्नु पर्छ । नेप्सेलाई पनि सुधार गर्न अर्को प्रतिस्पर्धी स्टक ल्याउनै पर्छ । प्रतिस्पर्धाले गर्दा शुल्कसहितको लगानी लागत घट्ने, अन्तर्राष्ट्रिय स्तरको आधुनिक अनलाइन सफ्टवेयर भित्रिनुका साथै सेयर कारोबार सहज, स्तरीय र प्रतिस्पर्धी भई यसको कारोबार परिमाण पनि उच्च हुने छ । लगानीकर्ताबिच पुँजी बजारसम्बन्धी साक्षरताको विकास गरी सम्भाव्य लगानीकर्ता समेट्न सकिएको देखिँदैन । नेपालमा पुँजी बजार विस्तारसँगै यो बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेका छन् । धेरै लगानीकर्ताले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको देखिएकाले साक्षरता बनाउनु पर्छ । धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहुँचयोग्य, विश्वसनीय र स्वच्छ बनाउन सक्नु पर्छ । सबल गतिशील र विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमार्फत लगानी, आकर्षित गर्ने लक्ष्यका साथ अगाडि बढ्नु आवश्यक छ । धितोपत्र व्यवसायलाई थप व्यावसायिक तथा मर्यादित बनाई धितोपत्र व्यवसायी सेवालाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन सक्नु पर्छ । धितोपत्र तथा दीर्घकालीन ऋणको सेवा विस्तार गर्दै यसलाई उदीयमान पुँजी बजारको स्तरमा वृद्धि गर्न आवश्यक छ । ओटिसी बजारलाई आधुनिकीकरण र ऋणपत्रको दोस्रो बजारलाई विकास गर्न जरुरी देखिन्छ । पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै नेप्सेले लागु गरेको लोकल अनलाइन प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ । रियल सेक्टर कम्पनीलाई बजारमा प्रोत्साहन गर्ने नीति लिनु पर्छ । पुँजी बजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता दिन सक्नु पर्छ । अतः धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण गत पुस महिनायता प्राथमिक निष्कासन (आइपीओ), थप निष्कासन प्रव्रिmया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया अवरुद्ध भएको छ । जसका कारण करिब ६० लाखभन्दा बढी लगानीकर्ताका मुद्दा ओझेलमा परेको छ । तसर्थ सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाइ गर्नु हुँदैन ।
युरोपको शक्तिशाली राष्ट्र संयुक्त अधिराज्य बेलायतमा १४ वर्षपछि सत्ता परिवर्तन भएको छ । युरोपमा दक्षिणपन्थी पपुलिस्टको हावा चलिरहँदा बेलायतमा भने मध्य वामपन्थी प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले अत्यधिक बहुमतसहित नयाँ सरकार बनाएको छ । १४ वर्ष शासन गरेको सत्तारूढ कन्जरभेटिभ पार्टी चुनावमा नराम्ररी पराजित भएको छ । सो पार्टीका शीर्ष नेता पूर्वप्रधानमन्त्री लिज ट्रस, रक्षामन्त्री ग्रान्ट स्याप्सलगायत पराजित हुनुभएको छ ।
रामेछापको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आएको छ । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नगरको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति, का
मुलुकको राजधानी रहेको काठमाडौँको मुहार बिस्तारै फेरिँदै गएको छ । सडकमा राखिएका बत्तीले बढाएको सहरको रौनकलाई खुला आँखाले देखिने परिवर्तन अनुभूत गर्न सकिन्छ । फुटपाथ धेरै हदसम्म व्यवस्थित भएका छन् । सडकमा गरिने पार्किङ हटाइएका छन् । व्यापारिक स्थलमा भएका भूमिगत पार्किङ व्यापारिक प्रयोजनमा प्रयोग गर्न रोक लगाइएको छ । महानगर आफैँले व्यवस्थित पार्किङका योजनालाई अगाडि बढाएको छ । अस्तव्यस्त देखिने सहरले मुहार फेर्दै गएकै छ । शिक्षा क्षेत्रलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने प्रयास पनि सराहनीय छ । यसको एउटा उदाहरण पुस्तकरहित दिनको कार्यान्वयन हो । त्यो दिन विद्यार्थी व्यावहारिक र सिपमूलक गतिविधिमा संलग्न हुन्छन् । स्थानीय गौरवको भावनालाई बढावा दिन विद्यालयको नाममा अन्तर्राष्ट्रियको साटो राष्ट्रिय पहिचानलाई प्राथमिकता दिने प्रयत्न भएको छ । राजनीतिक नेतृत्वले चाहँदा परिवर्तन सम्भव छ र हुन सक्छ भन्ने उदाहरण यतिबेला महानगरपालिका बनेको छ । राजधानी सहरमा शौचालय थिएनन् । भएका शौचालय कुनै ग्रामीण बस्तीका भन्दा गए गुज्रेका थिए । नागरिकले पैसा तिरेर पनि आरामसाथ मलमूत्र त्याग गर्न सक्ने अवस्था थिएन । नाक थुनेर शौच गर्नुपर्ने दुर्दशा थियो । काठमाडौँ महानगरले होटल, रेस्टुराँ, वित्तीय संस्था आदिको शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न निर्देशित ग¥यो । यसको धेरै हदसम्म पालना भएको छ तर यो स्थायी उपाय होइन । यी सार्वजनिक प्रयोजनका स्थल पक्कै हुन् तर ती संस्थामा कुनै कारोबार नै नगरी उपयोगका लागि मात्र जानु नैतिक मानिँदैन । त्यहाँको व्यवस्थापन ग्राहकको प्रयोजनका लागि मात्र गरिएको हुन्छ । पिउने पानीको समस्या महानगरको अर्को चुनौती हो । पैदल यात्रा गर्ने कुनै यात्रीले सहरका कुनै कुनामा पुगेर पनि आफ्नो तिर्खा मेट्न पाउँदैन । प्लास्टिक बोटलमा बेचिने महँगो पानीलाई महानगरले विकल्प मान्न मिल्दैन । हरेक पाइलामा राज्यलाई कर तिरेको नागरिकले यो सामान्य सुविधा महानगरबाट पाउने अपेक्षा राख्नु स्वाभाविक र सामान्य विषय हो । छिमेकी देश भारतका ठुला साना जुनसुकै सहरमा पिउने पानी राज्यले व्यवस्था गरेको छ । सामाजिक सङ्घ संस्थाले उपलब्ध गराएका छन् । नेपालमा यस्तो कुनै सहर सायदै होलान्, जसले नागरिकको यो सामान्य मर्कामा ध्यान पनि दिएको होस् । टुकुचा नदीको खोजी र दशकौँअघिदेखि नदी क्षेत्रमा बनेका संरचना भत्काउने कार्य गरेर महानगरले प्रशंसा नै कमाएको हो । सार्वजनिक स्थल मिचेर घर टहरा बनाउनेलाई हटाउने महानगरको प्रयास प्रशंसायोग्य नै छ । मासिएका र नासिएका पोखरी, पाटी पौवा र धाराको खोजी पनि बिस्तारै सुरु हुन थालेको छ । यी सार्वजनिक सम्पत्तिलाई निजी स्वामित्व बनाई दिनेको खोजी अहिले पनि हुन सकेको छैन । ती सार्वजनिक सम्पत्ति कसले व्यक्तिलाई दिलायो, उनीहरू आफैँले बिनाआधार कब्जा गरेका त पक्कै होइनन् । कतिपय राम्रा काम अगाडि बढ्दै गर्दा गर्नुपर्ने धेरै काम बाँकी नै छन् । उपत्यकाको फोहोर व्यवस्थापन भइसक्यो र त्यो महानगरले ग¥यो भन्नु चाहिँ अतिशयोक्ति हुने छ । यो राजधानीका नगरको दायित्वभित्र पक्कै पर्छ तर यसको समाधान फेरि पनि अस्थायी ढङ्गमा गरिएको छ । कुनै पनि दिन ल्यान्डफिल्ड क्षेत्रका नागरिक फोहोर रोक्न उठे भने महानगरपालिकाको टाउको दुख्ने निश्चित छ । आज स्थानीयको एउटा माग सम्बोधन ग¥यो, केही समयपछि अर्को नयाँ माग जन्मन्छ । वर्षौंदेखि यो उपव्रmम चल्दै आएको छ । जहिलेसम्म फोहोरलाई मोहरमा बदल्ने अभियान सुरु गरिँदैन, यसको स्थायी समाधान सम्भव छैन । कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याएर सङ्कलन गर्न महानगरले नागरिकलाई सचेत गराउन अहिले पनि बाँकी नै छ । फोहोर व्यवस्थापनका लागि धेरै पटक मल कारखाना र बिजुली उत्पादनका कथा राजधानीका नागरिकले सुन्दै आएका छन् । पछिल्लो समय आर्थिक रूपमा यी योजना निकै महँगो पर्ने तर्क पनि सुनिएका हुन् । सत्य के हो र गर्न के खोजिँदै छ ? यसको जवाफ नागरिकले पाएको छैन । प्रश्न सस्तो वा महँगोको होइन, नागरिक स्वास्थ्य र सहरको स्वच्छताको हो । आज बञ्चरे डाँडामा पु¥याएको फोहोरबाट राज्यले के प्रतिफल पाएको छ ? त्यहाँसम्म फोहोर पु¥याउन राज्यले निरन्तर लगानी त गर्दै आएको छ । त्यसैले राजधानी उपत्यकालाई नै स्वस्थ र स्वच्छ सहर बनाउन एक पटक गरिने ठुलो लगानीका लागि राज्य पछाडि हट्न मिल्दैन । सहरको सफाइ स्थानीय सरकारको दायित्व हो भने पनि ठुला लगानीका आयोजनामा सङ्घीय सरकारसँग हातेमालो गर्ने वातावरण तयार गर्नु पर्छ । महानगरले फुटपाथ व्यापारीलाई सडकबाट उठाउँदै गर्दा होस् वा घरटहरा भत्काएर विस्थापित गराउँदा उनीहरूको वैकल्पिक व्यवस्था के गरियो ? आमनागरिकको मनमा यो प्रश्न जीवितै छ । महानगरले दुई तीन हजार मानिसलाई सिपमूलक तालिम दिलाएका खबर आएका छन् । केही सय रोजगारदाताले उनीहरूको प्रशिक्षण अवलोकन पनि गरेका रहेछन् । विस्थापित र बेरोजगारको सङ्ख्या केही हजार वा सयमा सीमित पक्कै थिएन । काठमाडौँवासी नहुनु उनीहरूको रोजीरोटी गुम्नुका कारण हो र महानगरको दायित्व नहुने हो भने त्यस्ता लाखौँ मानिस काठमाडौँमा पेसा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । के व्यवस्थित व्यवसाय गर्ने हैसियत नहुनु उनीहरूको अपराध मान्ने ? के उनीहरूका प्रति स्थानीय सरकार मानिएको महानगरको कुनै दायित्व रहँदैन ? स्थानीय सरकार आफैँमा स्वायत्त सरकार हो । यसको अर्थ माथिल्ला सरकारसँग उसको कुनै सम्बन्ध वा सरोकार हुँदैन भन्ने होइन । महानगरले गरेका कामको जस स्वाभाविक रूपमा मेयरले पाउने हो । सिंहदरबारको फोहोर नउठाउने र सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने जस्ता अराजक प्रस्तुति र अभिव्यक्तिले मेयरको मर्यादा बढाउँदैन । सडक विभाग अगाडि फोहोर थुपारेर गरिएको प्रतिरोधले मेयरको मर्यादामाथि नै प्रश्न उठायो । नागरिक तहबाट गरिने प्रतिकात्मक विरोध स्वाभाविक मानिन्छ तर सरकार आफैँ अराजक भयो भने त्यो अस्वाभाविक मात्र हुँदैन, अराजनीतिक पनि हुन्छ । महानगरले गरेका राम्रा कामको नागरिक तहमा प्रशंसा भइरहँदा यस पटकको महानगरको साधारण सभामा मेयरले आफ्नै सदस्यबाट विरोधको सामना गर्नु प¥यो । महानगरमा वडाध्यक्ष वा सदस्यका रूपमा राजनीतिक दलका प्रतिनिधित्व गरेका सबैले दुई वर्षसम्म मेयरलाई सहयोग नै गरे । सद्भाव नै राखे । यस पटक नगरसभामा विरोधका लागि दलहरू एक ठाउँमा उभिए । यसको एउटै कारण हो, मेयरबाट राजनीतिक संयमको अपेक्षा । मेयरलाई मत दिने र वडा अध्यक्ष वा सदस्यलाई मत दिने उनै नागरिक हुन् । मतको परिमाणमा मात्रै अन्तर हो । मैले पाएको मतको मात्र मूल्य छ, अरूले पाएको केही अर्थ छैन भन्ने होइन । लोकतन्त्रमा राजनीतिक संस्कार भएन भने त्यो दिगो हुन सक्दैन । त्यसैले मेयरप्रतिको प्रतिवाद लोकतन्त्रप्रतिको सम्मान र पदीय मर्यादाको अपेक्षास्वरूप अभिव्यक्त भएको हो । विरोधका लागि विरोध होइन भन्ने भावना बुझेर नेतृत्वले सबैलाई समेट्ने र अन्य पदाधिकारीले पनि स्वतन्त्र, निर्भीक, महानगरको विकासको भिजन भएको नेतृत्वलाई निःस्वार्थ सहयोग गरी सबै जना मिलेर कार्य गर्दा महानगरको मुहार फेरिन्थ्यो कि ?
धर्म कुनै वस्तु वा पदार्थमा रहने प्राकृतिक तथा स्वाभाविक गुण हो । हामी भन्छौँ आगोको धर्म पोल्नु, ताप दिनु हो । पानीको धर्म शीतलता दिनु र बग्नु हो । यो भन्दा हामी यिनीहरूमा रहेको प्राकृतिक गुणलाई धर्म भन्दछौँ । त्यस्तै असल आचरणलाई पनि धर्म भनिन्छ । जस्तै, मानव धर्म, पुरुष धर्म,नारी धर्म आदि । निर्जीव वस्तुको प्राकृतिक गुणमा प्राय स्थिरता हुन्छ । सजीव वस्तु त्यसमा पनि मानिसको प्राकृतिक गुण यही हो भन्न गाह्रो छ । किनकि हामी आजको मानिस बन्न धेरै आनुवंशिक परिवर्तन र सभ्यता परिवर्तन गरेर आएको छौँ । प्रथम मानव बनेपछि हामी कस्ता थियौँ र हाम्रो प्राकृतिक स्वभाव र व्यवहार कस्तो थियो, यकिनका साथ कसैले बताउन सक्दैन । उपनिषद्. बाइबल, कुरानहरूले गर्ने व्याख्या ब्रह्म वा ईश्वरमा आधारित छ । समाजशास्त्री तथा विज्ञानवादीले गर्ने व्याख्या फरक फरक छन् । थोमस हब्सले मानिस व्रmुर, हिंस्रक, झगडालु रहेको मान्छन् । जोन लक, जिन ज्याक रुसोले मानिस चेतना प्रधान र सम्झौतावादी भएको बताउँछन् । डार्बिनले मानिस धेरै आनुवंशिक परिवर्तनबाट वर्तमान अवस्थामा आएकाले मानिसको चेतना, स्वभाव र गुणमा पनि व्रmमिक विकास हँुदै आएको बताउँछन् । आदिम युगमा मानव अति आव्रmामक थियो होला । चेतनाको विकास सँगै र कृषिको आरम्भसँगै मानवको हिंस्रक र आव्रmामक स्वभावमा परिवर्तन हुँदै आजको अवस्थामा आइपुगेको छ । तापनि मानिसभित्र विरोधाभाषी स्वभाव अहिले पनि देखिन्छ । अहिले मानिस हिंस्रक पनि हो र अहिंस्रक पनि हो । मानिस असल पनि हो र खराब पनि हो । प्रत्येक मानिसको आनुवंशिक जिन, बाल्यकाल, पारिवारिक संस्कार, सामाजिक अवस्था, व्यक्तिले प्राप्त गरेको शिक्षा र प्रत्येक मानिसभित्रको फरक संवेद्यतालगायतले मानिसको स्वभाव र व्यक्तित्वको निर्माण हुन्छ ।आधुनिक युगमा हामीले सामान्यत बुझ्ने धर्मको उत्पत्ति कसरी भयो होला ? ईश्वरवादीको मत अनुसार बुझ्ने हो भने सजिलो छ । ईश्वरले आफ्ना अवतार या दूतमार्फत धर्मको व्याख्या र पालनको नियम बनाएको माने पुगिहाल्छ । प्राचीन हिन्दु ग्रन्थ मानिएका उपनिषद्को अध्ययन गर्दा उपनिषद्ले पनि ईश्वरीय सत्ताको अकाट्य पुष्ट्याइँ गर्दैनन् । ईशावास्योपनिषद्को प्रथम मन्त्रमा “ईशावास्यमिदं सर्वं यत्किञ्च्च जगत्याम् जगत्’’ अर्थात् संसारका सजीव निर्जीव सबै वस्तुमा ईश्वरको अंश छ भन्छ । यसैको चतुर्थ मन्त्रमा “अनेजदेकं मनसो जवियो नैनद्देवा आप्नुवन पूर्वमर्षत ।” ती सर्वात्मयामि परमेश्वर अचल हुँदाहँुदै पनी मन भन्दा पनि तीव्र वेगयुक्त छन् । ती परमेश्वरलाई देवता ऋषि कसैले पनि प्राप्त गर्न सक्दैनन् भनिएको छ । गीता दसौँ अध्यायको दोस्रो श्लोकमा पनि “न मे विदु सुरगणा प्रभवं न महर्षय ।” अर्थात् मलाई देवता ऋषिहरूले पनि जान्न सक्दैनन् भनिएको छ । अर्थात् ईश्वर दृश्य छैनन्, कल्पनातीत, अज्ञेय हुन् । बृहदारण्योकपनिषद्ले ब्रह्मको व्याख्या गर्छ । “अहं ब्रह्मास्मि” जस्ले ब्रह्म जान्दछ उसले सबैमा ब्रह्मरूप देख्छ र आफूलाई त्यसैको एक अंश मान्छ । छान्दोग्योपनिषद्मा ऋषि उद्दालकले पुत्र श्वेतकेतुलाई ज्ञान दिने व्रmममा भन्दछन् “तत्वमसि” त्यो तिमी नै हौ । अर्थात् ब्रह्म वा ईश्वर जे भने पनि त्यो तिमीभित्रै छ । ब्रह्म, ईश्वर, परमात्मा, परमेश्वर जे भने पनि त्यो सर्वत्र उपस्थित छ । इन्द्रियद्वारा जान्न सकिँदैन । अगम अपार छ । इन्द्रियद्वारा जान्न नसकिने ईश्वरको रचना मानिसको कल्पना हो कि मानिस ईश्वरको सिर्जना हो यो रहस्य नै छ र सायद रहस्य नै रहने छ । किनकि विज्ञानका खोजका पनि सीमा छन् । रूप, रङ्गहीन अदृश्य, अस्पर्श सत्ताको खोज र प्रामाणिकता विज्ञानद्वारा पुष्ट्याइँ हुन सक्दैन ।भौतिकवादी दृष्टिकोणबाट पनि धर्म तथा ईश्वरको उत्पत्तिलाई कोरा कल्पना मानेर उपेक्षा गर्नु अनुपयुक्त हुन्छ । मानिसको चेतनाको विकास हँुदै गएपछि यो ब्रह्माण्डको विराटता र यसको सृष्टिको बारेमा जागेको कौतूहलताको विमर्शबाट कुनै अदृश्य सत्ताको पुनित कार्य भएको निष्कर्षमा मानिस पुगे होला । मानव समाजको विकास हँुदै गएपछि समाजलाई अनुशासनमा राख्न र खराब कर्मबाट रोक्न ईश्वर वा परमात्माको इच्छा र सन्देशको रूपमा नियम बनाए होलान् । नियमलाई पुष्ट्याइँ गरी बलशाली बनाउन विभिन्न साहित्य रचना भए जसलाई आज हामी धर्म, धार्मिक कार्य, पुण्यकार्य भन्दछौँ । यसरी हेर्दा पनि तत्कालीन समयमा ईश्वरीय सत्ता र धार्मिक नियम मानव कल्याणका लागि आवश्यक रहेको पाइन्छ । ईश्वर मानिसको रचना हो कि सृष्टि ईश्वरको रचना हो, यसमा बहस हँुदै जाला । भौतिकवादमा विश्वास गर्ने कतिपय विद्वान्को यो मत कि ईश्वरको अस्तित्व छैन भने पनि मानव कल्याणका लागि हामीले ईश्वरको सिर्जना गर्नु पर्छ भन्ने विचार सबैका लागि ग्रहणीय हुनु पर्छ । धर्म के हो भन्ने सन्दर्भमा गीताको पाँचाँै अध्यायको दसाँै श्लोक मननीय छ ।” ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्तवा करोति य । लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।” कर्मको फल ब्रह्ममा समर्पित गरेर आसक्तिरहित हुँदै कर्म गर्नाले पापले छुन सक्दैन । आसक्तिरहित कर्म गर्दा गलत काम हुँदैनन् । ब्रह्ममा समर्पित गर्नु भनेका लोक कल्याणको कार्य हो । यस्तो काम गर्नु नै धर्म हो ।ईश्वरको उत्पत्ति जगत् कल्याणको निमित्त हो । हरेक धर्मले ईश्वर एउटै छ भन्छ । धर्मका अभ्यास मात्र फरक छन् । प्रथम मानवको उत्पत्ति दक्षिण वा दक्षिणपूर्वी अफ्रिका भएको मानिए पनि त्यसपछि घुम्दै डुल्दै मानिस यो संसारका विभिन्न कुनामा पुग्यो । सिकारी अवस्थाबाट कृषि युगमा प्रवेश गरेपछि अलग अलग स्थानमा बस्ने मानिसले अलग अलग सभ्यता र संस्कृतिको विकास ग¥यो । संस्कृतिको विकासमा फरक फरक देश समुदायका भिन्न भिन्न चिन्तनशील आत्मज्ञानी व्यक्तिले समाजलाई ज्ञान सन्देश प्रवाहित गरे । हिन्दु वा सनातनधर्मीमा ब्यास, शङ्कराचार्य, मुस्लिममा मोहम्मद, यहुदीमा मोसेज, बौद्धमा बुद्ध, इसाईमा जेसस व्रmाइस्ट तथा पोप फ्र्यान्किस आदि व्यक्तिले समाजलाई ज्ञान बाँडे । यिनै व्यक्तिले बाँडेको ज्ञान सन्देशको आधार तथा भौगोलिक भिन्नता अनुसार गरिने व्यावहारिक संस्कारबाट फरक फरक धर्मको विकास भयो ।सनातन धर्मको रूपमा विकास भएकाले हिन्दु धर्मले सुरुमा विरोधको सामना गर्नु परेन । विगतमा हिन्दु धर्म सबै धर्मप्रति सहिष्णु रहेको पाइन्छ । हिन्दु धर्मपछि यहुदी धर्मको विकास भयो । यसले पनि स्थापना हँुदा विरोधको सामना गर्नु परेन । इस्लाम धर्म सुरु गर्दा मोहम्मदलाई मक्काबाट खेदिएर मेदिना जानु प¥यो । पछि मक्कामा आव्रmमण गरी विजय भएपछि इस्लाम धर्म अरब जगत्मा विस्तारित भयो । इसाई धर्मका संस्थापक जेसस व्रmाइस्टलाई व्रmसमा झुन्डिएर मारिनु प¥यो । उपनिषद्, कुरान बाइबिलमा आध्यात्म ज्ञान आत्म चिन्तनका सन्देश छन् । रामायण महाभारत तथा पुराणहरूमा ईश्वरका अवतारले दुष्टहरूलाई संहार गरेको भनेर हिंसालाई स्थान दिइएको छ । इस्लाम र इसाई धर्मावलम्बीमा त धर्म स्थापना नै हिंसा तथा बल प्रयोगबाट भएको छ । यसले जे जस्तो रूपमा भए पनि शक्तिसँग धर्मको सम्बन्ध देखिन्छ । के यो मानिसको सुरुवातको हिंसात्मक स्वभावको प्रतिविम्ब हो कि असल कामको आरम्भ गर्दा खराबको दमन गर्नु पर्छ भन्ने सन्देश हो ?धर्माचरणलाई ईश्वरीय आज्ञाको अनुपालन मानिन्छ । ईश्वरवादीका लागि ईश्वर नै सार्वभौम सत्ता हो । उसैको इच्छाअनुसार यो ब्रह्माण्डको निर्माण भयो र जीव उत्पत्ति भए । ईश्वरीय शक्तिले नै यो जगत् चलायमान छ । मध्ययुगमा यही सिद्धान्त अनुसार राजाहरूले शासन गरे । राजाहरूलाई ईश्वरीय शक्ति प्राप्त वा ईश्वरको प्रतिनिधि मानियो । सुरुमा धर्माधिकारी र राजाको सहकार्य भए पनि पछि राजा र धर्माधिकारी बिच विवाद सुरु भयो । युरोप र अमेरिकामा चर्च तथा पोप पादरीहरू र राज्यको बिचमा अधिकार क्षेत्रको विषयमा विवाद बढ्यो । शासनको जनतान्त्रिकरणको सुरुवातसँगै धर्म र राज्यलाई अलग राख्ने विचार विकसित हुँदै गयो । सन् १६४४ मा सर्वप्रथम धर्मशास्त्री रोजर विलियमले धर्म र राज्यलाई अलग नगराएको खण्डमा राज्य र धार्मिक संस्था दुवै भ्रष्ट हुने तसर्थ राज्य धर्म निरपेक्ष रहनु पर्ने विचार राखे । अमेरिकी संविधानको प्रथम संशोधनको समयमा डेनवरी बापिस्ट एसोसिएसनलाई लेखेको चिठीमा राष्ट्रपति थोमस जेफर्सनले धर्म मानिसको विशुद्ध व्यक्तिगत आस्थाको विषय भएकाले आस्था तथा विचारमा राज्यको वैधानिक अधिकार तथा नियन्त्रण न रहने, मानिसको कर्मको बारेमा मात्र सरकारले कानुन बनाउन सक्ने भन्दै धर्म निरपेक्ष राज्यको अवधारणा विकसित गरे । अहिले संसारका अधिकांश लोकतान्त्रिक देशले धर्म निरपेक्ष संविधान बनाएका छन् ।राजनीतिमा धर्मको प्रयोग गर्न छाडिएको छैन । विशेष गरी पाखण्डी प्रियतावादीहरू धर्म र राष्ट्रियतालाई सत्ता प्राप्तिको साधन बनाउँछन् । स्वस्थ जनतन्त्रमा धर्म व्यक्तिको आस्था र विश्वासको विषय हुन्छ । राष्ट्रियता स्वतःस्फूर्त साझा हुन्छ । पाखण्डी राजनीतिज्ञले बहुमत धर्मावलम्बीको आस्थाको शोषण गर्दै काल्पनिक भय सिर्जना गर्छ । एकताबद्ध समाजलाई विभाजन गरी जनतन्त्रलाई विकृत बनाउँछ । धर्म र राज्यलाई अलग न गर्ने हो भने दुवै भ्रष्ट हुन्छन् भन्ने रोजर विलियमको भनाइ धूर्त राजनीतिज्ञको कृत्य र परिणामले प्रमाणित गरेको छ । धर्मको अर्थ मानव कल्याण, जगत् कल्याण हो । राज्य र सरकारको काम सर्वजन हित हो । अल्पमत बहुमतको कुरा मात्र होइन शासकले एउटा व्यक्तिको आवाजको पनि कदर गर्नु पर्छ भन्ने सन्देश रामायणले दिएको छ । पाखण्डी रामको मूर्ति त स्थापना गर्छन् तर आधुनिक धर्मसभामा आफ्नो विरोध गर्नेलाई सभाबाट नै निष्कासन गर्छन् । कुनै पनि धार्मिक मतले अर्को धार्मिक मतप्रति घृणा फैलाउँदैन । महाभारतमा भनिएको छ, त्यही धर्म अपनाउनु पर्छ, जसको अन्य धर्मसँग विरोध नहोस् । पाखण्डी राजनीतिज्ञको कारणले इसाई मुस्लिमको जुन द्वन्द्वमा आज युरोपियन समाज बाँडिएको छ र विगतमा मुस्लिम तथा इसाई आव्रmमणको पीडा हिन्दु सभ्यताले सहनु प¥यो, त्यही गल्ती हिन्दुहरूले दोहो¥याउनु इतिहासबाट शिक्षा न लिनु हो । साथै हिन्दु धर्मलाई नबुझ्नु पनि हो ।