निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरेबापतकाे गत आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्ष २०८०/०८१ को ठुलो रकम असार मसान्तमा रकमान्तर र भुक्तानी फुकुवा नभएका कारण निर्माण क्षेत्रमा विकराल अवस्था आएको बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रिया दुई राष्ट्रको भ्रमण सकेर बिहीबार बिहान नयाँ दिल्ली आइपुग्नुभएकाे छ ।
गायिका शान्तिश्री परियारको स्वर रहेको यसपालिको तिजमा गीतको भिडियो सार्वजनिक भएको छ। हिन्दु नेपालीको विशेष पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीको शब्द सिर्जनामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो।
पन्जाबमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वले सङ्घीय र प्रान्तीय सरकारहरूसम्बन्धी बैठकमा राष्ट्रपति आसिफ अलि जरदारीसमक्ष गम्भीर चिन्ता व्यक्त गरेको स्रोतहरूलाई उद्धृत गर्दै एआरआई न्युजले बिहीबार बताएको छ ।
गोरखा जिल्लामा सम्भावित विपद् जोखिम क्षेत्रहरूको पहिचान गरिएको छ । जिल्लाका ११ वटा पालिका क्षेत्रभित्रका २२५ स्थानलाई विपद्को उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको हो ।
म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
“सुन्दर २२ सय २० दिनहरु स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरु भोकै-प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ ।”
बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेपछि कृषक चिन्तित भएका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।
चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ ।
फिदिम नगरपालिकाका पूर्व मेयर ओनाहाङ नेम्वाङको निधन भएको छ । ८१ वर्षीय मेयरको विराटनगरस्थित न्युरो अस्पतालमा विहीबार बिहान ९ बजे निधन भएको हो ।
कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर झोलुङ्गे पुल निर्माणका लागि डेढ करोड खर्च भएको छ ।
असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुवेर बेपत्ता भएका नेपालगन्ज २० का एक प्ुरुष अझै फेला पर्नुभएको छैन ।