कैलालीको धनगढी उपमहानगरपालिका –९ स्थित मोहना नदीमा आज बेवारिसे शव फेला परेको छ ।
मलेसियाको केन्द्रीय बैङ्कले बिहीबार नीतिगत व्याजदर (ओपिआर) लाई प्रतिशतमा कायम गरेको छ ।
दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीको जिम्मेवारी खोसिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले कुलसचिव अधिकारीको जिम्मेवारी खोसेर आफुले लिनुभएको हो ।
सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन्।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को ठुलो फेदीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पसाहा पुल नजिकै भएको सवारी दुर्घटनाका घाइतेको सकुशल उद्धार भएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप भएको छ।
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ ।
पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ । विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ ।
नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन्। मध्यविन्दु नगरपालिका र बौदीकाली गाउँपालिकाका एक एकजना बेपत्ता भएका प्रहरीले जनाएको छ।
जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिनुभयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा.भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ।
भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ ।