• १२ साउन २०८१, शनिबार

खोलाले बगाएर दुई जना बेपत्ता

blog

बोमलाल गिरी

नवलपुर, असार २७ गते। नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन्। मध्यविन्दु नगरपालिका र बौदीकाली गाउँपालिकाका एक एकजना बेपत्ता भएका प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकाली गाउँपालिका- १ खाराका ४८ वर्षीय विशाल कार्की खोलाले बगाएर बेपत्ता हुनु भएको छ। दिउँसो गोरूसहित खेतमा काम गर्न जानका लागि बौदी खोला तर्ने क्रममा उहाँ बेपत्ता हुनु भएको हो। 

त्यस्तै मध्यविन्दु नगरपालिका–४ मदनपुर घर भएका ३५ वर्षीय सूर्य परियारलाई बिहीबार खोलाले बगाएर बेपत्ता बनाएको छ। उहाँलाई मध्यबिन्दु १ पतवारी स्थित उल्टी खोलाले बगाएको पौडेलले बताउनुभयो। बेपत्ता भएका दुवै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।