बर्खा लागेसँगै बाढीपहिरो, डुबान र सडक अवरुद्ध जस्ता विपत्को जोखिम बढ्दै गएको छ । जिल्लामा विपत् व्यवस्थापन समिति भए पनि कोष स्थानीय पालिकामा हुँदा प्रतिकार्य योजना बनाउन कठिनाइ भएको छ ।
लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढी पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मानव जीवनको सबैभन्दा ठुलो सम्पत्ति भनेकै स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गरेर स्वस्थ हुने प्रयत्न गर्नुभन्दा रोग लाग्न नदिनु नै सम्पत्तिको सबैभन्दा ठुलो सुरक्षा मानिएको छ । स्वास्थ्य समस्या जुनसुकै बेला पनि हुन सक्छ तर बर्सातको समयमा संक्रमक रोगहरू ज्यादा फैलिने सम्भावना भएकाले स्वास्थ्य सचेतनाप्रति चनाखो रहनुपर्ने हुन्छ । बर्खामा आउन सक्ने बाढीपहिरोबाट निम्तिने विपत्ति र जनधनको क्षति न्यूनीकरणमा पूर्वतयारीहरू जुन रूपमा गरिन्छ, जनस्वास्थ्य सम्बन्धमा भने कमै हुने गरेको छ । प्राकृतिक विपत्बाट जनधनको क्षति मात्र नभई मानव स्वास्थ्यमा पनि क्षति पुग्न सक्ने सम्भावना उत्तिकै रहन्छ । खास गरी बाढीपहिरोका कारण खानेपानी प्रदूषित हुनाले सरुवा रोगहरू उब्जिने र समाजमा फैलिने जोखिम ज्यादा हुन्छ । सरुवा रोगका जीवाणु यही समयमा सव्रिmय हुने भएकाले महामारी फैलन नदिन पूर्वतयारीसहितको सावधानी अपनाउनुपर्ने हुन्छ ।बर्सातको समयमा खानेपानी तथा तरकारीजन्य खाद्यवस्तु फोहोर हुनुका साथै हावामा समेत ओस बढ्ने गर्छ । जनस्वास्थ्यविद्हरूका अनुसार रोगवाहक झिँगा, लामखुट्टेलगायतलाई बर्खा मौसम अनुकूल मानिन्छ । विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिँगा, लामखुट्टे, भुसुना तथा अन्य कीटाणुको वृद्धि हुन्छ । सरुवा रोगवाहक यस्ता सङ्व्रmमण फैलाउने कीटाणु जति वृद्धि हुन्छन्, त्यति नै बढी रोग सार्ने क्षमतामा बढोत्तरी हुँदै जान्छ । झाडापखाला, हैजा, टाइफाइड, जुका, भाइरल ज्वरो, जन्डिस, आउँ, निमोनियाँ, औलो, डेङ्गु, कालाजार, रुघाखोकी, पेटमा संक्रमण, फङ्गस, आँखा पाक्ने जस्ता रोगको सङ्व्रmमण बढ्ने हुँदा खानपान र सरसफाइमा विशेष ध्यान पुर्याउन आवश्यक छ । व्यक्तिगत मात्र नभएर पारिवारिक सावधानीसमेत महत्वपूर्ण हुन्छ । मूल कुरा त पिउने पानी उमालेर वा शुद्धीकरणका विधि अपनाएर मात्रै पिउने गरियो भने धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । घरबाहिरका खानेकुरा खाँदा बासी तथा सडेगलेका चिजदेखि परै बस्नु रोगबाट जोगिने अचुक उपाय मानिन्छ ।निरन्तरको वर्षासँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने सम्भावना भएकाले चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन् । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्ययोजना तयार पारेर सावधानी अपनाएको छ । मन्त्रालयका अनुसार निरन्तरको वर्षाले झाडापखाला, आउँ, जन्डिस, टाइफाइड, हेपाटाइटिस, हैजालगायतका रोगको महामारी हुन सक्ने आकलनसहित कार्ययोजना तयार पारेर प्रदेश तथा स्थानीय तहसँग समन्वय वृद्धि गरिएको छ । प्रदेश र स्थानीयस्तरका स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणसम्बन्धी तालिमसमेत दिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयले तोकेका १९ वटा अस्पताललाई तयारी अवस्थामा रहन पनि निर्देशन जारी गरिएको छ । महामारी तथा विभिन्न प्रकोपका बेला तयारी अवस्थामा रहन चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली राखिने गरिएको मन्त्रालयका प्रवक्ताको भनाइ छ । सम्भावित महामारी नियन्त्रणका लागि केही हदसम्म यसबाट सहयोग पुग्ने देखिएको छ । सरकारले ५२ प्रकारका रोगलाई सङ्व्रmामक रोगको सूचीमा राखेको विदित हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार सङ्व्रmामक रोगको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्सेफ्लाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी र एड्स, इन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्व्रmब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस, रुबेला, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग र निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जालगायतका सङ्व्रmामक रोग राजपत्रमा सूचीकृत छन् । केही समययता मुलुकभर डेङ्गु सङ्व्रmमण फैलिएको समाचार प्रकाशित भइरहेको छ । लामखुट्टेबाट फैलिने डेङ्गु कोरोना सङ्व्रmमणजत्तिकै घातक मानिएको छ । यसबाट जोगिन आफूवरिपरिको वातावरणको सरसफाइ नै महŒवपूर्ण मानिएको छ । लामखुट्टेका माध्यमबाट सर्ने रोगबाट जोगिनु जरुरी छ र त्यसनिम्ति लामखुट्टे अनुकूलको वातावरण हुन नदिनु उत्तम उपाय हो । सरुवा रोगको उच्च जोखिममा बालबालिका र वृद्धवृद्धा ज्यादा हुने भएकाले आमनागरिकमा सचेतना वृद्धितर्फ विशेष अभियान चलाउनु आवश्यक देखिन्छ । पूर्वतयारीको कमी हुँदा जोखिम ज्यादा भएको विगतका घटनाले देखाएका छन् । होस पुर्याएर धेरै विपत्तिबाट बच्न सकिन्छ । सरुवा रोगलाई लिएर तयार पारिएका उपचार प्रणालीलाई वर्षायाममा बढी सव्रिmय बनाउन जरुरी हुन्छ । स्थानीय तहका स्वास्थ्य संस्थालाई बर्खामा फैलिन सक्ने सरुवा रोगका विरुद्धमा पूर्ण परिचालित गरिनु पर्छ । आवश्यक औषधि तथा चिकित्सकको अभाव हुन नदिनेतर्फ सम्बद्ध निकायले सतर्कता अपनाउन आवश्यक छ । रोग लागिसकेपछि उपचार र नियन्त्रणभन्दा पनि मूल कुरा त सचेतनामै निर्भर रहन्छ । खानपान, बसोबासलगायत दैनिक जनजीवनका क्रममा जनस्वास्थ्यतर्फ सबैको ध्यान जानु वाञ्छनीय छ ।
चितवनबाट राजधानी जोड्न भण्डारा–मलेखु सडक निर्माण सुरु भएको १४ वर्ष पूरा हुँदासमेत सम्पन्न हुन सकेको छैन । पूर्वपश्चिम राजमार्गको भण्डाराबाट भित्री पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग अन्तर्गत धादि
विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो ।
स्वास्थ्य बिमा बोर्डले सुविधा थैलीबाट बिरामीले पाउने सेवामा नयाँ दररेट लागु गर्ने भएको छ । बोर्डले एक हजार २९० प्रकारका औषधीको शुल्क तोक्दै नयाँ दररेट लागु गर्ने भएको हो । सुविधा थैलीमा भएको नयाँ दररेट साउन १ गतेदेखि लागु हुने छ ।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन दिने समय थप गरिएको छ ।
बर्खाको समय झमझम पानी परेको छ, पहिरोका कारण कतिपय सडक हिलाम्मे छन् । सवारीसाधन पर्खेर बसेका यात्रुसँग सवारीचालक भने भाडामा मोलमोलाइ गरिरहेका भेटिन्छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग काउन्सिलले गर्ने नियमनको दायरामा पर्ने प्रस्ट पार्नुभएको छ । परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार÷सञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने उहाँले बताउनुभएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक र सांस्कृतिक महत्त्वको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बिहीबार शिलान्यास गरे
विपत्बाट प्रभावित किसानलाई लक्षित गरी बागमती प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपत्बाट क्षति पुगेका कृषि फार्म र कृषकलाई राहत स्वरूप चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड १९ लाख ७३ हजार ४४३ रुपियाँ वितरण गरेको हो । राहत कार्यव्रmमबाट चालु आवमा प्रदेशभरका ७६ जना किसान लाभान्वित भएका छन् ।
पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोमा परी त्रिशूली नदीमा खसेर दुई वटा बस हराएको छ । बसमा सवार ६५ जना यात्रु समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मुलुकको विकासको मेरुदण्डका रूपमा विकसित भइरहेको धारणा व्यक्त गर्नुभएको छ । सरकारले ‘सूचना प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रको वि