• १२ साउन २०८१, शनिबार

म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । 

ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०-५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।