• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य बिमामा नयाँ दररेट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । स्वास्थ्य बिमा बोर्डले सुविधा थैलीबाट बिरामीले पाउने सेवामा नयाँ दररेट लागु गर्ने भएको छ । बोर्डले एक हजार २९० प्रकारका औषधीको शुल्क तोक्दै नयाँ दररेट लागु गर्ने भएको हो । सुविधा थैलीमा भएको नयाँ दररेट साउन १ गतेदेखि लागु हुने छ । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सुविधा थैली अन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण तथा दररेट सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँले लामो समयदेखि एउटै दररेटमा उपलब्ध सेवालाई समयानुकूल परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँले यस पटक परिमार्जित दररेट तथा सुविधालाई प्याकेजबाट टुक्रयाइएको भन्दै यसबाट बिमित र सेवाप्रदायकलाई समेत सहज हुने बताउनुभयो । 

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार नयाँ दररेट अनुसार ओपिडी टिकट ५० रुपियाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको शल्यव्रिmयामा ७० हजार रुपियाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बिमामा एक हजार २९० प्रकारका औषधीको शुल्क तोकिएको छ । मल्लले यस पटक कतिपय सेवा तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।