अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी ८८ जनाको मृत्यु भएको छ ।
जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ ।
प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार अपराह्नबाट सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।
चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका-१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गर्नुभएको हो ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेको पहाडको टुप्पोमा (रोल्पा पाटन) चरिचरण गर्दै भेडा । वर्षा लागेसँगै जाजरकोट, जुम्ला जिल्लाबाट यस क्षेत्रमा चरिचरणका लागि भेडा लैजाने गरिन्छ ।
गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
मधेश प्रदेश सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरिएको छ । प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको बिसौँ बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले विनियोजन विधेयक २०८१ प्रस्तुत गर्नुभएको हो ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
मण्डनदेउपुर नगरपालिकाले नगरकोट-नयाँगाउँ-कुन्ताबेँसी सडकमा आजदेखि मालवाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारवाहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ ।
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएका छन् ।