मनाङको नासो गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको मर्स्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ ।
दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार १२ औँ सत्रका लागि ३.५ प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर वृद्धि गरेपछि गत वर्षको फेब्रुअरी देखि बैङ्क अफ कोरिया (बिओके) ले दर स्थिर राखेको छ ।
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गरिने भएको छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।
नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ। नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा कार्यालय भवनका कारणले स्थानीय धनसुरे सार्कीको परिवार विस्थापित भएको छ।
रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “स्थानीय स्रोतको स्वामित्व र सहभागिता पूर्णखोपको सुनिश्चितता हाम्रो प्रतिबद्धता” भने नाराका साथ जिल्ला खोप समन्वय समिति रुकुमपूर्वद्वारा आयोजित एक समारोहमा बिच राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुकुमपूर्वलाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न अस्पतालहरूबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।
राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ ।
लगातारको वर्षासँगै सेती नदीमा आएको बाढीका कारण बिहीबार कास्कीको पोखरा–९ स्थित रामघाटमा डुबानमा परेका घर तथा शवदाह ।
डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ।
राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् ।