• १२ साउन २०८१, शनिबार

निःशुल्क स्वास्थ्य सहायता कक्ष स्थापना

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार २७ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । जिल्ला प्रशासन स्याङ्जामा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीडलाई सेवा दिने उद्देश्यले निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखा र पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा हेल्प डेस्क स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले राष्ट्रिय परिचयपत्र निर्माणको लागि गाउँगाउँबाट सेवा लिन आउने वृद्धवृद्धाहरुमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो ।

अफिस समयसम्म नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा एम्बुलेन्स तयार अवस्थामा जिल्ला प्रशासनमा रहनेछ । एक जना स्वास्थ्यकर्मी पुतलीबजार नगरपालिकाले व्यवस्था गर्नेछ भने रेडक्रबाट एक जना कर्मचारी व्यवस्था गर्नेछ । 

प्रशासनमा आउने बिरामीका लागि प्रारम्भिक औषधी रेडक्रसले व्यवस्था गर्ने सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो ।