• ७ कात्तिक २०८१, बुधबार

५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

blog

काठमाडौँ, असार २७ गते । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो । 

यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् । विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिनुुभयो । 

उहाँका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो । 

उहाँले भन्नुुभयो, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।”