• १२ साउन २०८१, शनिबार

चिर्पट प्रहार गरी एकको हत्या

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारका एक युवकले चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । मंगलबार राती ११ बजे सामान्य विवाद हुँदा ३९ वर्षीय सोमबहादुर छन्त्यालले आफ्ना दाजु ४२ वर्षिय धनबहादुर छन्त्याललाई दाउराको चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार रातको समयमा घरमा विवाद भएपछि भाइले चिर्पटले प्रहार गर्दा दाजुको घटास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सामदास ढकालको नेतृत्वमा गएको टोलीले मृतकको शव र हत्या गर्ने भाई सोमबहादुर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।