नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गर्नुभएको छ । उहाँको अध्यक्षतामा जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेरबारेमा छलफल सुरु भएको छ ।
पूर्वराजदूत प्रा.डा. नवलकिशोर राईको अनुसन्धानमूलक पुस्तक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तवाः अ बान्तवा ग्रामर’ मङ्गलबार सार्वजनिक गरिएको छ ।
दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।
नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपदमा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।
इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले आगामी जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि एकै परिवारका ४ जना डुबानमा फसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विपद् उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।
विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ ।
चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ । ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकुहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ ।
वालिङ नगरपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र वडा नं १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सारेपछि मात्रै काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।
जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँपालिका भरी अध्ययनरत दुई सय ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ भने कक्षा १ देखि ८ सम्मका ५२ वटा कक्षा कोठा व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो ।
चितवनमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् ।
नेपाली चलचित्र घर ज्वाइँको प्रिमियर सो सम्पन्न भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।
महोत्तरीको प्रसिद्ध धार्मिक स्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ ।