ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।
धनुषाको ढल्केबरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ । गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केवरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो ।
अठारसय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? ६ महिना, एक वर्ष वा दुई वर्ष ? बाँकेमा चार वर्ष लगाएर १८ सय मिटर सडक निर्माणको काम पनि पूरा हुन सकेको छैन ।
नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा रहेको छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको छ ।
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।
बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा लेकाली आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यवसायिक रुपमा आलु खेती गरी आलुको वीउ उत्पादन गर्न थालेका छन् ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ । २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो ।
नेपालका केही भूभागमा बर्डफ्लु रोग लागेकाले जिल्लामा उक्त रोग सर्न नदिनका लागि आवश्यक सतर्कता अपनाइने भएको छ । जिल्लास्थित विभिन्न सरोकारवालाहरूको बैठक बसेर बर्डफ्लू रोग लाग्न नदिन सरोकारवाला पक्षबाट सतर्कता र आवश्यक तयारी गर्ने निर्णय गरिएको हो ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बिहान ११ बजेबाट सुरु भएको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै व्यावसायिक र कृषि पेशामा कटिबद्ध भएर लाग्नको लागि सम्मान गरेको छ । कृषि शाखाको आयोजनामा आ.व.०७८/७९ को नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका उत्कृष्ट बीस जना कृषकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महत्तोलाई सम्मान गरिएको हो ।