• १२ साउन २०८१, शनिबार

लागूऔषधसहित दुई पक्राउ

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार २६ गते । वालिङ नगरपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र वडा नं १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

वालिङ नगरपालिका १० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाईजेपाम बरामद गरेको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो । 

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो । दुबैलाई वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जामा राखी थप अनुसन्धान भइरहेको रानाले बताउनुभयो ।