• १३ साउन २०८१, आइतबार

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

blog

रेखीराम राना

तानसेन, असार २६ गते । पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहनुभएको छ । यस्तै, सोही स्थानका १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । 

बुधबार बेलुकी ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटीमा पाल्पातर्फ आउने क्रममा सोही दिशाबाट आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट अधिकारी गम्भीर घाइते हुनुभएको थियो । घाइते अधिकारीलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल पठाइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

मृतक स्कुटीचालक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, गम्भीर घाइते स्कुटीचालकको बहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले बताउनुभयो ।