• १२ साउन २०८१, शनिबार

भुसालका दुई कृति

blog

काठमाडौँ, असार २६ गते । ईश्वरीप्रसाद भुसालकृत ‘अर्पण’ (लामो कविता) र ‘कसको आँखा लाग्यो’ (गजल सङ्ग्रह) हालै सार्वजनिक गरिएको छ । मिलाप पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान, ब्रान्ड यु पिक्चर्स, डिआर म्युजिक एन्ड क्रियसन र यूथ क्रियसनले सम्मानसमेत गरेका थिए ।

कलाकार लय सङ्ग्रौलाले गजल सङ्ग्रह ‘कसको आँखा लाग्यो’ र महाकाव्यकार खेमनाथ दाहालले ‘अर्पण’ को समीक्षा गर्नुभएको थियो । उहाँहरूले स्रष्टा भुसालले मोफसलमा रहेर साहित्य क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्दै कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

स्रष्टा भुसालले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले चार वटा कृति प्रकाशनमा ल्याएको र केहीको पाण्डुलिपि तयार रहेको बताउनुभयो । स्रष्टा भुसालका यसअघि ‘विरह पुष्पाञ्जली’ खण्डकाव्य र ‘विरह व्यथा’ कविता सङ्ग्रह प्रकाशित छन् ।