• १२ साउन २०८१, शनिबार

एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

blog

काठमाडौँ, असार २६ गते । माछापुच्छ्रे बैङ्कको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे  बैङ्कको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । रासस