• १२ साउन २०८१, शनिबार

युद्ध इतिहास अब सङ्ग्रहालयमा

blog

रजनी योगी 

सुर्खेत, असार २६ गते । दसबर्से सशस्त्र द्वन्द्वका घटनाले मानव मनमा लगाएका युद्धका घाउ सङ्व्रmमणकालीन न्यायमार्फत पुरिन सकेका छैनन् तर युद्धस्थल भने रूपान्तरण हुन थालेका छन् । तिनका रूपान्तरण र संरक्षणमा कर्णाली प्रदेश सरकार जुटेको छ ।

माओवादी सशस्त्र द्वन्द्वमा भएको युद्धको विरासतलाई संरक्षण गर्न सङ्ग्रहालय निर्माण थालिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बर्सेनि बजेट विनियोजन गरेर युद्ध सङ्ग्रहालय निर्माण कार्यलाई निरन्तरता दिएको छ । भौगोलिक रूपमा पनि विकट मानिने कालीकोटको पिली र रुकुमपश्चिमको खारामा पर्यटन प्रवर्धनका लागि युद्ध सङ्ग्रहालय निर्माण गर्न लागिएको छ । 

पिलीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख अन्जु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय कालीकोटले सङ्ग्रहालय निर्माणको काम गरिरहेको छ । 

आर्थिक वर्ष २०७९/८० देखि सङ्ग्रहालय निर्माणको काम थालिएको हो । खाँडाचव्रm नगरपालिका–७ मा निर्माण भइरहेको सङ्ग्रहालयका लागि नगरपालिकाकोसमेत 

सहयोग रहेको गाउँपालिका प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । 

डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालका अनुसार हालसम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत छ । अहिले अन्तिम चरणकोे काम भइरहेको छ । 

पिली युद्ध

तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई प्रदेश सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागेको हो । २०६२ साउन २३ गते तत्कालीन शाही नेपाली सेना र माओवादी लडाकुबिच भएको दोहोरो भिडन्तमा १०३ जनाको मृत्यु भएको थियो । 

आव्रmमणमा माओवादी पक्षबाट १३ श्रमिक र ६२ जना सैनिक गरी ७५ जना र राज्य पक्षबाट २८ जना माओवादी लडाकु मारिएका थिए । माओवादीबाट मारिएकाको सम्झनामा स्मारकसमेत बनेको छ भने राज्य पक्षबाट मारिएकाको उल्लेख गरिएको छैन । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको जनाइएको छ ।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमा पर्छ पिली । त्यसैले रारा घुम्ने पर्यटकले पिलीमा गाडी रोकेर तत्कालीन माओवादी र सेनाबिच युद्ध भएको ठाउँ अवलोकन गर्न सक्ने भएकाले गाउँमा पर्यटकीय पूर्वाधार विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । 

“माओवादी जनयुद्धका बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधँैभर चिनाउन र युद्धको अवशेष देखाउन तथा स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना छ,” नगरप्रमुख शाहीले भन्नुभयोे, “युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नावशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँमा प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी गरेका छौँ ।”

खारा ‘युद्ध सङ्ग्रहालय’

कर्णाली प्रदेश सरकारकै सहयोगमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ मा खारा ‘युद्ध सङ्ग्रहालय’ निर्माण सुरु गरिएको छ ।

त्रिवेणी गाउँपालिका रुकुमपश्चिमका अध्यक्ष गणेशकुमार केसीले नेपाली गृहयुद्धको प्रमुख लडाइँ भएको स्थानलाई पर्यटकीय रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण गर्न लागिएको बताउनुभयो । 

दक्षिण पश्चिम रुकुमको पहाड खारामा सैनिक अड्डा थियो । रुकुम जिल्लालाई माओवादी प्रभावित र आधार इलाका मानिन्थ्यो । यो ब्यारेक सेनाको जिल्ला मुख्यालय, मुसिकोटबाट करिब १६ किलोमिटरको हवाई दुरीमा थियो । यो सैनिक अड्डामाथि २०५९ जेठ १३ मा पहिलो आव्रmमण भएको थियो ।

खाराको दोस्रो लडाइँ २०६१ चैत २५ रातिदेखि २६ बिहान खारा, रुकुमस्थित सैन्य अड्डामा भएको थियो । यो नेपाली गृहयुद्धको प्रमुख लडाइँ थियो । ठुलो युद्ध भएकै क्षेत्रमा सङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।