• २६ कात्तिक २०८२, बुधबार

कोशी प्रदेशसभा सचिवद्वारा शपथ ग्रहण

blog

प्रदेशसभा सचिव सुदर्शन खड्का पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।

शशिधर पराजुली

विराटनगर, कात्तिक २६ गते । कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त हुनुभइ आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई प्रदेशसभाको सचिव नियुक्त गर्नुभएको थियो । खड्काले केही समयअघि संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिनुभएको थियो । 

प्रदेश सभाका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको नियुक्ति सिफारिसपत्र लिएर खड्काले आज ३ बजे शपथ लिनुभयो । कोशी प्रदेशसभाका तत्कालीन सचिव गोपालप्रसाद पराजुलीले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।