• ७ कात्तिक २०८१, बुधबार

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

blog

लमजुङ, असार २६  गते । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताउनुभयो । 

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ, पोखरा र चितवन र  ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए । रासस