काठमाडौँ, असार २६ गते । मिडिया ठाँटी प्रालिले प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिने निःशुल्क भाषण तथा उद्घोषण तालिम सञ्चालन गरेको छ ।
मिडिया ठाँटी प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टले प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिने निःशुल्क भाषण तथा उद्घोषण तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।
भट्टको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रमेशप्रसाद खरेल, विशिष्ट अतिथिहरूमा क्रमशः मार्सल राठौर, गोविन्द धिताल र शोभित बाबु श्रेष्ठ रहनुभएको थियो ।
यसैगरी, अतिथिहरूमा योग गुरु गम्भीर श्रेष्ठ, निम प्रसाद भट्ट, राजकुमार सिलवाल, नवराज कोइराला, कमल उपरकोटी, रमेश अधिकारी, अर्चना भट्ट, प्रवीण तिमिल्सिना, अस्मिता भट्ट, सुजन उपरकोटीलगायका व्यक्तित्वहरूको साथमा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।
नेपाल टेलिभिजनका संयोजक गोविन्द धितालले भाषण तथा उद्घोषण तालिम दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सह प्रा.डा. बिदुर शर्माले गर्नुभएको थियो ।
तालिमको अन्तिम दिन प्रशिक्षकहरूले कार्यक्रमबाट निःशुल्क अवसर प्राप्त गरी आफ्नो कला र क्षमता विकाश गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । मिडियाका प्रबन्ध निर्देशक खडानन्द भट्टले कार्यक्रमको समापन गर्नुभएको थियो ।