जग्गाको कित्ताकाट खुलाउनुपर्ने माग राख्दै लहानस्थित मालपोत कार्यालयमा लेखापढी व्यवसायीले आन्दोलन थालेका छन्। कार्यालयको मुख्य प्रवेशद्वारमा आइतबार अनशन बसेका लेखापढी व्यवसायीले सेवाग्राहीलाई भित्र पस्नसमेत दिएनन्। छबुँदे मागसहित आन्दोलनमा उत्रिएका खेलापढी व्यवसायीले कार्यालयको काम ठप्प पारेका थिए। आफ्नो माग पूरा नभए सात दिनपछि कडा आन्दोलनमा उत्रने चेतावनी लेखापढी व्यवसायीले दिएका छन्।
नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यसले निजी क्षेत्रको कामलाई प्रभावित पार्ने मात्र नभई समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पु-याउने उल्लेख गरेका हुन् ।
देशभरका चलचित्र भवनमा वैशाख २१ गतेदेखि ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको जनाएको छ ।
यस वर्षको सातौँ राइजिङ्ग स्टार कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा जुनियरतर्फ इपीएस स्कुलकी कृपा गौतम र सिनियरतर्फ नेसनल एकेडेमीका सोनु महतारा विजयी बन्नुभएको छ । क्रिएटिभ वल्र्ड नेपालको आयोजनामा भएको कार्यक्रममा विजेताद्वयले ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ पनि हात पार्नुभयो । यसैगरी जुनियरतर्फ प्रथम उपविजेता पवन प्रकृति हाइस्कुलकी आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलकी सृजा शाह हुनुभएको छ । जुनियरतर्फ इडनब्रिज एकेडेमीकी आलियाना अली र सिनियरतर्फ केएम्सी स्कुलकी एरिका अधिकारी द्वितीय विजेता बन्न सफल हुनुभएको छ ।
बारा क्षेत्र नम्बर २ को मङ्गलबार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भदौ २९ गते प्रदर्शन हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभामा पुगेपछि निजी क्षेत्रले प्रमुख राजनीतिक दलहरूलाई आफ्नो प्रभावमा नियन्त्रण गर्ने प्रयास गरेको छ । विधेयकमा प्रस्तावित प्रबन्ध पारित भए आयोगको कार्यबोझ बढ्दा उसको प्रभावकारिता घट्ने तर्कसाथ निजी क्षेत्र सार्वजनिक जवाफदेहिताबाट उन्मुक्त हुने मनसुवामा देखिएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाले त्यस्तो प्रावधान हटाउन सरकार, राजनीतिक दल, नेताहरू र सांसदहरूलाई औपचारिक र अनौपचारिक दबाब दिन थालेका छन् । दलहरूका तर्फबाट पनि लिमिटेड, व्यक्ति वा संस्थाको दबाबलाई नै सहयोग पुग्ने गरी प्रतिनिधि सभामा पुगेको विधेयकमा संशोधन दर्ता गराइएका छन् ।
बुढ्यौली उन्मुख समाजतर्फ नेपाल पनि रहेकाले यसलाई समाजको बोझको रूपमा नभई अवसरका रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ ।
समाज मानवनिर्मित अवधारणा हो । समाजमा विभिन्न समूह, वर्ग, जाति, लिङ्ग, धर्म र क्षेत्रबीच आपसी सम्बन्ध हुन्छ । सामाजिक प्रणालीभित्र आर्थिक संस्था, राजनीति र सांस्कृतिक पक्षहरूका बीचमा अन्तत्र्रिmया भइरहन्छ । यस अन्तत्र्रिmयालाई बुझ्न कार्ल माक्र्सको उत्पादन प्रणालीसँगको सिद्धान्त समाजको सामाजिक प्रणालीसँग गहन सम्बन्ध रहेको छ ।
हरेक महिनाको पहिलो हप्ता प्रकाशित हुने भन्सार विभागको मासिक प्रतिवेदनले नेपालमा दैनिक एक अर्ब रुपियाँभन्दा बढीको कृषिजन्य वस्तुको आयात भइरहेको देखाएको छ । गोलभेँडा, आलु, प्याज, फलफूलदेखि चामलसम्ममा हाम्रो परनिर्भरता बढेको बढ्यै छ । पछिल्लो नौ महिनामा १५ अर्ब २२ करोड रुपियाँको धान र १२ अर्ब ९५ करोड रुपियाँको चामल आयात भएको छ ।
भारतका प्रतिभाशाली कलाकारहरू मध्ये एक प्रसिद्ध गायक पापोन प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउदैछन्। नेपालमा उनको यो पहिलो प्रस्तुति हो।
गत २०७९ कात्तिक २३ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब ७९६ परकम्प रेकर्ड भए । सो भूकम्पबाट छ जनाको मृत्यु भयो । त्यसैगरी माघ १० गते बाजुरा जिल्लाको विछिया आसपास ५.९ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब १२६ परकम्प रेकर्ड भए । सो भूकम्पका कारण एक जनाको मृत्यु भयो । पुनः बाजुरा जिल्लाको सोही क्षेत्र आसपास फागुन १० गते ५.२ रेक्टर स्केलको भूकम्प गयो । यी भूकम्पका धक्का भारतका विभिन्न स्थानलगायत राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । यी भूकम्पले डोटी, बाजुरा र बझाङमा सयौँ घर भत्किएको समाचार आए ।
के नियमित आकस्मिकताका रूपमा प्राकृतिक प्रकोप र प्रकोपजन्य दुर्घटना भएका होलान् त ? प्रश्न सधैँ मथिङ्गलमा मडारिइरहन्छ । यस्तै आकस्मिकताको प्रतीक २०७२ वैशाख १२ को भूकम्प उदाहरणीय आततायी नियति भएर गयो । प्रकृतिको दारुणिक नियति अब नदोहोरियोस्, कामना यही गरौँ तर सजगता, विपत् न्यूनीकरणका उपायप्रति आमनागरिकमा सचेतना, पूर्वतयारी तथा विपत् व्यवस्थापनका चक्रीय कार्यको चुस्तदुरुस्त प्रतिकार्य सधैँ प्राथमिक आवश्यकताका रूपमा रहन्छ । प्रकोप प्राकृतिकजन्य वा मानवीय त्रुटिका कारण जेजसरी भए पनि क्षति न्यूनीकरण र उचित व्यवस्थापन पहिलो आवश्यकता रहन्छ ।
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका पूर्ण रूपमा विद्युतीकरण भएको छ । टुकीमारा र टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनी ग्रिड निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् । गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकामा भएका कुन एक हजार दुई सय घरधुरी पूर्ण रूपमा विद्युतीकरणको पहुँचमा जोडिएको बताउनुभयो । जिल्लाका सातमध्ये सिङ्गो गाउँपालिका विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । उहाँले गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनी ग्रिड निर्माण भएर विद्युत् उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिका विद्युतीकरण भएको बताउनुभयो ।