चन्द्रागिरि हिल्स प्रालिले गत असार २२ गते एक्कासि बन्द भएर केबलकारमा सयौँ यात्रु अड्किएको घटना केबलकारको प्राविधिक त्रुटिका कारण नभएको दाबी गरेको छ । शुक्रबार चन्द्रागिरि हिल्सले आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिएको बताउँदै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको बताउनुभयो ।
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादन प्रवद्र्धनका लागि ‘वाह ! अलैँची’ अभियान सुरु गरेको छ । प्रदेश १ सरकारको कृषि मन्त्रालय तथा स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा महासङ्घले सुरु गरेको अभियानको ब्रान्ड एम्बेसडर बीबीसी मास्टर सेफ सन्तोष साह रहनुभएको महासङ्घले जनाएको छ ।
लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलले संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते (आइतबार) मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा अनशन बस्दा पनि नेता,
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । २८औँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले नेपालको कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न ‘लजिस्टिक पोलिसी’को मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको जानकारी दिनुभयो ।
विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको तुलनामा झिनो सुधार हो । अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक स्थायित्व दिएर अबको दस वर्षमा मुलुकलाई सबैका लागि आकर्षणकोे केन्द्रबिन्दु बनाउन सकिने बताउनुभएको छ । मुलुकको हरेक क्षेत्रले विकासको प्रचुर सम्भावना बोकेको चर्चा गर्दै उहाँले मुलुकको विकासका लागि आआफ्नो ठाउँबाट समर्पण र इमानदारिताका साथ लाग्न सबैसँग आग्रह गर्नुभयो ।
सरकार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणाको गृहकार्यमा छ । निर्वाचन आयोगले सरकारलाई मङ्सिर पहिलो साता एकै चरणमा चुनाव गर्न सुझाव दिएको छ । औपचारिक रूपमा सरकारले मिति घोषणा गरिसकेको छैन । तर निर्वाचन आयोगले सुझाएको मिति आसपासमै एकै चरणमा निर्वाचन गराउने तयारीमा सरकार छ । सरकार चुनावको मिति घोषणा गर्ने गृहकार्यमा जुटिरहँदा प्रतिनिधि सभाको कार्यकालबारे भने विवाद जारी छ । संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष भनेको छ । तर उक्त कार्यकालको गणना कहिलेबाट भन्ने संविधान र निर्वाचनसँग सम्बद्ध कानुन स्पष्ट छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन कार्यकालबारे मौन छ ।
खुम्बुको नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिनुभयो । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।
यो कवितामा कवि गोविन्दराज विनोदीले भनेझैँ नारायणगढमा रहेको ‘सम्पूर्ण किताब’ अहिले चितवन र यस वरपरका क्षेत्रका लागि साहित्य र ज्ञान विज्ञानका पुस्तकको बिक्री केन्द्र मात्रै होइन प्रकाशनसँगै प्रवद्र्धनमा समेत जुटेको छ। साहित्य लेखनमा लागेका हुन् वा प्रकाशकहरू जो कोही चितवन आउँदा यो पसल नछिरे आफूलाई अपूरो सम्झन्छन्। कवि विनोदीले भनेझैँ साहित्यकारहरूको आस्था र मन्दिर बनेको सम्पूर्ण पसलका सञ्चालक लेखराम सापकोटा उमेरले चार दशक पुग्नुभयो । उहाँमा भएको सरलता र मिजासिलोपनका कारण उहाँ अरूको अगाडि प्रिय हुनुहुन्छ।
तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।
वैदिक धर्म, संस्कार, संस्कृति र शास्त्रमा पूर्वजन्म र पुनर्जन्मलाई विशेष महìव दिइएको छ। पुनर्जन्मसँग सम्बन्धित अनेक कथा र पात्र वेद– पुराणमा लिपिबद्ध गरिएका छन्। वेदमा मानवको शरीर मात्र अन्त्य हुने हो आत्मा अमर हुन्छ भन्ने मान्यता स्थापित गरिएका छन् र आत्मासँग कुरा गर्ने विधि (मन्त्र) लिपिबद्ध गरिएको छ। गाउँघरमा अहिले पनि अकालमा मृत्यु भएका, आत्महत्या गरेकाहरूसँग विशेष तान्त्रिक विधिद्वारा मृतकको आत्मा अरूको शरीरमा प्रवेश गराएर कुराकानी गरिन्छन्। आधुनिक विज्ञानले पनि आत्मासँग कुरा गर्ने प्रविधिका विकास गरेको र यो सफल पनि भएको समाचार दशकअघि नै सार्वजनिक भएको थियो।
विश्वव्यापी रूपमा जलवायु परिवर्तनबाट देखिएको चुनौती र पृथ्वीमा सञ्चित पेट्रोलियम पदार्थको घट्दो परिणामको विकल्पस्वरूप वैकल्पिक स्रोतको खोजी र प्रयोग बढिरहेको छ। यसैको फलस्वरूप विश्व बजारमा विद्युतीय सवारीको आविष्कार र प्रयोग दिन प्रतिदिन बढ्दो क्रममा रहेको पाइन्छ। मुख्यतया पेट्रोलियम पदार्थद्वारा सिर्जित वायु प्रदूषण नियन्त्रणको विकल्पका रूपमा विद्युतीय सवारीसाधनको माग अत्यधिक बढेको हो।
शरीर राजनीतिबारे आजकल यत्रतत्र सुनिन्छ। आखिर के हो शरीर राजनीति ? लैङ्गिक अध्ययनको एउटा मुख्य विचार शरीर हो। शरीरसम्बन्धी विकसित सैद्धान्तिक विचारलाई आधार बनाई कमजोर शरीरमाथि शक्तिशालीले गर्ने राजनीतिक व्यवहारको अध्ययन शरीर राजनीतिमा गरिन्छ। शरीरको शोषण, दमन, दलन, हिंसा र अधीनस्थताका कारण शरीर राजनीतिको जन्म भएको पाइन्छ। स्कुल कलेजमा पढ्ने विद्यार्थीले पनि बडी पोलिटिक्स भन्दै एकअर्कालाई छेडखान गर्दै गरेको भेटिन्छ । के हाम्रो शरीर राजनीतिको प्रयोगभूमि हो ? शरीर राजनीति भनेको के हो ? कस्ता कस्ता शरीर शरीर राजनीतिको विषय क्षेत्र हुन् ? शरीर राजनीतिको चपेटामा को पर्छ ? शरीर राजनीतिको बहुआयामिक पक्ष कस्तो छ ? कसले शरीर राजनीति गर्छ ?
कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँजा फँडानी थालिएको हो। हुम्ला समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोटहरू नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गाँजाका बोटहरू फँडानी गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजा प्रशस्त उत्पादन हुने र त्यसलाई प्रहरीले अभियानकै रूपमा नष्ट गर्न लागेको जानकारी दिनुभयो। उहाँले प्रहरीले दुई दिनमै १९ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको जानकारी दिनुभयो। सदरमुकाममा सिमकोट विमानस्थल, कालासिल्सा, मानसरोवर माध्यमिक विद्यालय, शिव मन्दिरलगायतका क्षेत्रमा नियमित रूपमा प्रहरीले गाँजा नष्ट गरिरहेको बताइएको छ। यस कार्यका लागि ३० जना प्रहरी खटिएको जनाइएको छ।