पछिल्लो समयमा चर्खा घुमाउने पेसा सबै ठाउँमा लोप हुँदै जान थालेको छ । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो रुपमा रहेको छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन ।
सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ। दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना पलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ। यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रेखीराम राना पाल्पा, साउन १८ गते। बुटवलबाट पाल्पातर्फ ल्याउदै गरेको अवैध सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बुटवलबाट आएको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडीलाई तानसेनको बसपार्कमा चेकजाँच गर्ने क्रममा राजश्व छली गरेर ल्याएको सामग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले बिल बिना ल्याएका घरमा प्रयोग हुने सामान बोक्ने सवारी चालक रौतहट जिल्ला डमरिया नगरपालिका-९ का २७ वर्षीय भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार रौतहट दुर्गा भगवती गाउँपालिका-५ का १९ वर्षीय रुपेश साहलाई पक्राउ गरेको हो । उनीबाट साना-ठूला सादा कराई ८० वटा, फेन्सी साना-ठूला कराई ७७ वटा, कसौडी साना-ठूला १५२ वटा र कुकर साना-ठूला गरेर जम्मा एक सय २९ वटा बरामद गरेको छ।उक्त सामान करिब एक लाख ९७ हजार एक सय रकम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।
काठमाडौं महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकोले यस अघि महानगरको सभा कक्षबाट काम हुँदै आएको थियो ।
जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनु पर्ने बाध्यता छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत् सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिने जानकारी दिनुभएको छ । जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संघ सरकारले प्रदेशलाई बेवास्ता गरेको भन्नुहुँदै सङ्घीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत आउँदो २२ गते सातदिने अल्टिमेटम जारी गर्ने बताउनुभएको हो ।