• ११ मंसिर २०८१, मङ्गलबार

पुलिस र फ्रेन्ड्स विजयी

blog

नेपाल पुलिस टोली । तस्बिर : एन्फा

काठमाडौं, वैशाख १२ गते । विभागीय टोलीको नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा पुलिसले आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्बललाई १-० गोलले हरायो । दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्सले न्युरोड टिम (एनआरटी)लाई ३-१ गोलले स्तब्ध बनायो । 

पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गर्नुभयो । मुहमदले सातौं मिनेटमा गरेको गोल पुलिसको जितमा प्रयाप्त बन्यो । जितसँगै पुलिसले १२ खेलबाट नौ अङ्क बनाएको छ । पराजित मनाङले समान खेलबाट १५ अङ्क बनाएको छ । 

यस्तै दशरथ रंगशालामा फ्रेन्ड्सलाई जिताउन राफिक अमिनुले १४औं, टोरिक जेब्रिनले पहिलो हाफको इन्जुरी समय र प्रकाश बुढाथोकीले ७६औंं मिनेटमा गोल गर्नुभयो ।

एनआरटीका सन्जीव विष्टले ४१ओं मिनेटमा गरेको गोल सान्त्वना बनेको थियो । लिगमा फ्रेन्ड्सको यो चौथो जित हो । जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अङ्क बनाएको छ । एनआरटीको समान खेलबाट १३ अङ्क छ ।