दाङको देउखुरीमा भिर मौरीले टोक्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षीय खिमवहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
आस्था कुनै पत्थर होइन कतै जडी दिन्छौं कतै उखेली दिन्छौं । आस्था कुनै मूर्ति होइन कतै फोडी दिन्छौं कतै जोडी दिन्छौं ।
डा.ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’को लोकार्पण गरिएको छ। नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा उक्त पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा पुस्तकमाथि समीक्षकद्वय डा.बेदुराम भुसाल र प्रा.डा. इन्दु आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। प्रा.डा.आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसाबले सारै उपयोगी र पठनयोग्य रहेको बताउनुभयो।
पुरानो डम्पिङसाइटमा अवरोध र नयाँ डम्पिङसाइटको व्यवस्थापन गर्न नसक्दा ६५ किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्दै आएको बनेपा नगरपालिकाले वडामै फोहोर व्यवस्थापनको योजना अघि सारेको छ।
पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष रूपमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ। इकोनोमिक डिस्कसन फोरमद्वारा आयोजित ‘नेपाली आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा उहाँले उदारवाद तथा खुला बजार अर्थनीतिलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको खलङ्गामा पुनस्र्थापित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको शनिबार उद्घाटन गर्नुभएको छ । मन्त्री बडूले दार्चुलामा कम्पनीको कार्यालय सञ्चालनमा आएसँगै खाद्यान्न आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुका साथै दुर्गममा उत्पादित खाद्यवस्तु बजारमा पठाउने उद्देश्यअनुसार कम्पनीको कार्यालय स्थापना गरिएको बताउनुभयो ।
अर्जुन चौपारी–१ को केवरे र आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ। सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरेखोलामा यसअघि नै पुल निर्माण भइसकेको छ। तर, नागडाँडा–आँधीखोला हुँदै पर्वत जाने बाटोमा पर्ने सेतीखोलामा भने आठ वर्षपछि पुल बनेको हो। पुल निर्माण ठेक्का सम्झौता भएको छ महिनामै दुवैतर्फको खोला किनारमा पुलको फाउन्डेसन बनाइएको थियो।
जिल्लाको तीन गाउँपालिका पुथाउत्तरगङ्गा,भूमे र सिस्ने गाउँपालिकाले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु-याउन प्राथमिकता दिएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली आउनुभन्दा अघि सामान्य स्वास्थ्य परीक्षण तथा औषधिका लागि स्थानीयवासीलाई घण्टौँ हिँड्नुपरेको थियो। त्यो समस्यालाई मध्यजनर गरी स्थानीय सरकारले विभिन्न ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिदिएपछि सामान्य बिरामीका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको हो।
गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाले मृत्यु भएका र सेवा निवृत्त भइसकेका शिक्षकलाई समेत तलब निकासा गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा गाउँपालिकाले २०७७ साल पुस ८ गते मृत्यु भएका बाल मावि कानेपोखरी–३ का शिक्षकलाई ५१ हजार पाँच सय रुपियाँ निकासा गर्नुपर्नेमा एक लाख २१ हजार ९७४ रुपियाँ निकासा गरेको खुलेको छ।
सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि सञ्चालनबारे भने अन्योल देखिएको छ। सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत झण्डै छ करोड रुपियाँको लागतमा निर्माण भएको बसपार्क प्रयोगविहीन बनेको हो। बसपार्क निर्माण भएको पाँच महिना बढी भइसकेको छ। टर्मिनल भवनसहित सुविधा सम्पन्न बसपार्क सञ्चालनमा ल्याउन नगरपालिका कार्यालयले चासो देखाएको छैन। मलङ्गवा नगरपालिका–२ मा निर्माण भएको सुविधा सम्पन्न बसपार्क प्रयोग नगरी बस व्यवसायीले हाल मलङ्गवा नगरपालिका–९ स्थित साँघुरो र अत्यन्त दुर्गन्धित रहेको पुरानो बसपार्कमै बस पार्किङ गर्दै आइरहेका छन्।
सानै उमेरमा बावुको मृत्यु र आमा अर्कैसँग विवाह गरि घर छाडेपछि सहाराविहिन हुनुभएकी कष्णकुमारी भण्डारीले अहिले बेनी बजार स्थित प्रकाश माविको कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । सातवर्षको उमेरमै भण्डारीलाई बुवा र आमाको साथ गुमेपनि बेनी स्थित बालगृहले साथ दियो । घरपरिवारकै सरह स्यारसुसार र पारिवारिक वातावरण मिलेपछि भण्डारीलाई आमाबुवाको अभाव खड्किएको छैन ।
भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक भौतिक संरचना तयार बनाइसकेपछि पुनले गत वर्षको असारमा रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको हो ।
चितवनको रत्ननगर नगरपालिका कार्यालयमा आवश्यक ‘डकुमेन्ट’ (दस्तावेज) नराख्दा खर्च र कार्यसम्पादनमा बेथितिको चाङ देखिएको छ। नियमावली पालना नगर्दा पालिकाको कार्यसम्पादनमा समेत प्रश्न उठेको छ । पालिकाले खर्च गर्दा नियमावलीलाई पालना नगर्दा आवश्यक अभिलेख नराखेको पाइएको छ भने खरिद गर्दा ऐन नियमको पालना नगरेको पाइएको महालेखाको कार्यालयको प्रतिवेदन २०७९ मा औँल्याइएको छ।