दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ। सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो। सोमबारदेखि सिंहदरबारभित्रको फोहोर सङ्कलन तथा व्यवस्थापन सुरु भएको छ। महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
चितवनको उपनिर्वाचनमा रवि लामिछानेले प्रतिस्पर्धी दुई पार्टीका उम्मेदवारले पाएको मत भन्दा झन्डै तीन गुणा धेरै मतान्तरले अगाडि रहनु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु र दुईजना घाइते भएका छन् ।
काठमाडौं, वैशाख ११ गते । त्रिभुवन विमास्थलबाट उडेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार इन्जिनमा समस्या भएको जहाज दुर्घटनाबाट जोगिएको हो । अर्को इन्जिनले काम गरेपछि अहिले जहाज गन्तव्यतर्फ गएको उहाँको भनाइ छ । प्रवक्ता निरौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको हो । अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको छ ।’’जहाजको इन्जिनमा समस्या हुँदा काठमाडौंको आकासमा ठूलो आवाजसहित आगो देखिएको थियो ।
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतान्तर अझ वृद्धि हुँदै गएको छ ।
जाजरकोटको भेरी नगरपालिका–१ स्थित होलुमा पाकेको गहुँबाली ।
पश्चिम नेपालका थारु समुदायमा बढी देखिएको वशांणुगत रोग सिकलसेल र थालेसेमियाका विरामीको उपचारलाई सहज बनाउन कोहलपुर नगरपालिकाले बिरामीको निःशुल्क स्वास्थ्य बीमा गर्नेभएको छ ।
कानुनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ।
बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले कुनै पनि संस्थामा व्यवस्थापन र ट्रेड युनियनहरुबीचको सम्बन्ध सुमधुर र हार्दिकतापूर्ण बनाउन सकेमा संस्थाकाको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो २:४५ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदैगरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदैगरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा रवि लामिछानेले चार हजार ३५८ मत ल्याएर अग्रता कायम गर्नुभएको छ।
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधनगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समस्या हल गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग आज गरेको छलफलमा सो निर्णय गरिएको हो ।