• १९ वैशाख २०८१, बुधबार

राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख १० गते। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ। 

उपचारमा संलग्न  चिकित्सकले सोमबार थप स्वास्थ्य परीक्षण भएको जानकारी गराएका छन्। उहाँको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको र सोमबार थप स्वास्थ्य परीक्षण भएको जानकारी चिकित्सकले दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुका अनुसार उहाँको थप स्वास्थ्य परीक्षणसमेत भएको छ’, दूतावासले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन्।’’   

राष्ट्रपति पौडेलको ६ दिनदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या भएपछि उहाँ वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो। 

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो। 

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार