• २० वैशाख २०८१, बिहिबार

चितवन इच्छाकामनाको गणना सकियो : रविको अग्रता कायमै

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ११ गते। चितवन निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा रवि लामिछानेले चार हजार ३५८ मत ल्याएर अग्रता कायम गर्नुभएको छ। 

सिङ्गो गाउँपालिकामा गणना हुँदा १७ सय ७३ मतले लामिछाले अग्रता लिनुभएको छ। गाउँपालिकाको मतगणना  सकिएपछि अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को गणना सुरु भएको छ। 

इच्छाकामना गाउँपालिकाको मतगणना लामिछनेले चार हजार ३५८, कांग्रेसका जितनारायण श्रेष्ठको दुई हजार २०५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेको दुई हजार ५८५ मत प्राप्त भएको छ। यस पालिकामा कुल मत ९ हजार ४४४ खसेको थियो।

यसपालिकामा गत मङ्सिरमा भएको निर्वाचनमा नेकपा एमालेका उमेदवार कृष्ण भक्त पोखरेलले अग्रता लिनु भएको थियो। यस पटकको निर्वाचनमा लामिछानेले सबै वडामा अग्रता बनाउनुभएको हो।