नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फुटाएको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभाका सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसाद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गर्नुभएको छ ।
बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो ।
राष्ट्रियसभाबाट पारित भएको ३० महिनापछि प्रतिनिधिसभाले बुधबार ‘‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरेको हो ।
बुधबार देशभर सबैभन्दा बढी वर्षा बाँके जिल्लामा मापन गरिएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेले देशभर बुधबार सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा भएको जनाएको छ ।
नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।
निर्वाचन आयोगका प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित भएको दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजत विभिन्न पर्यवेक्षण संस्थाहरुले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै आयुक्त थपलियाले यस्तो बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टूरिजम कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधिसभा सांसद डा. डिला संग्रौला (पन्त)ले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न वाध्य बनेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
कर्णाली प्रदेशको पर्यटन समृद्धिसँग जोडिएको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको योजना अधुरो बनेको छ ।
वीरेन्द्रनगरमा पहिलो पटक व्यावसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । सरकारी र गैरसरकारी निकायको सहयोग विना वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यवसायिक खेतीको सुरुवात गरेको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने छ ।