लमजुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री लिएर सबै मतदान केन्द्रमा पुगेका छन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले सर्वदलीय बैठक बोलाएका छन् ।
काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिप्परको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन्। मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका यी कैदीबन्दीले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउनेछन्।
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।
फागुन २१ (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।
मकवानपुरको थाहा नगरपालिका–४, धारापानीबाट मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले थाहा नगरपालिका–४ धारापानी हरिकेसी टोलबाट ५४ वर्षीय कुमार रायमाझी र २७ वर्षीय विक्रम रायमाझीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राति सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढेको छ।
श्रद्धालुहरूको चन्दा सहयोगले मन्दिर मर्मत गरी नयाँ स्वरुप पाएको हो । पुरानो पर्खाल भत्काएर नयाँ बनाई त्यसमा स्टिलको रेलिङ राखिएको छ । मन्दिरको मुख्य गेट नयाँ ‘डिजाइन’मा पुनर्निर्माण गरिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालय कालीकनेटले जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्याएको छ।
रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपियाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
विश्वभर शान्तिको कामना गर्दै बुद्धको जन्मस्थल नेपालीहरुले भगवान गौतमबुद्धका बहुसंख्यक अनुयायी रहेको जापानमा एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को जापान राष्ट्रिय कमिटी गठन गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि हुने मतदानको मतगणनास्थल तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेटौँडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयलाई मतगणनास्थल तोकेको हो ।
फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छन् ।