सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
मुक्तिनाथ विकास बैङ्क वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रियामा गएको छ । यससँगै वाणिज्य बैङ्कको सङ्ख्या २० बाट २१ पुग्ने र विकास बैङ्क भने १७ बाट १६ मा झर्ने भएको छ । मुक्तिनाथ विकास बैङ्कले १९ औँ वार्षिक साधारण सभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ । यस्तै साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरिएको छ ।
सन् २०१४ को अक्टुबरमा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे अन्योलको सूचना प्रवाहित हुँदा गिरावट आएको पर्यटक आवागमनमा पुनः सुधार आएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतमा आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
नेपाल औषधी आयातकर्ता सङ्घले विदेशबाट आयातित औषधीको मूल्य नबढेको प्रस्ट पारेको छ । सञ्चार माध्यमले आयातित औषधीका विषयमा भ्रम उत्पन्न गरेको भन्दै त्यसरी जथाभाबी मूल्यवृद्धि गर्न नमिल्ने बताएको छ ।
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक तथा कर्मचारीलाई फर्कन आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गरेर त्यस्ता व्यक्तिलाई विश्वविद्यालय फर्कन ३५ दिने सूचना जारी गरेको छ ।
काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत सरोज गुरागाईंसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जानुभएको थियो ।
सीमा अतिक्रमण भएका तथा अन्य निकायले हडपेको जग्गा फिर्ता ल्याउने विषयमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक तयारी सुरु गरेको छ । विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएसँगै विश्वविद्यालयले तयारी थालेको हो । मन्त्रीपरिषद्को निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असोज २६ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोलामा सुक्खा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुमखोलामा माथिबाट झरेको सुक्खा पहिरोले गर्दा राति ९ बजेदेखि राजमार्ग अबरुद्ध भएको चितवन प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिनुभयो ।
मैथिली विकास कोष जनकपुरधामले मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिरको प्राङ्गनमा आइतबार साँझ सामा चकेवा महोत्सव २०८२ को आयोजना गरेको छ ।
गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।
विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनरत साहित्यकार, लेखक तथा श्रष्टाहरुले नेपाली भाषा र साहित्यको उत्थानका लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् ।
अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।