धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
बझाङ जिल्लाको दुर्गम हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर केही शनिबार र केही आइतबार र बाँकी रहेका सोमबार सदरमुकाम चैनपुरबाट हिँडेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
सप्तरीसहित तराई–मधेशका जिल्लामा होली अर्थात् फागुपूर्णिमा सोमबारदेखि सुरु भएको छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति होलिकाको प्रतिमा बनाई दहन गरिन्छ र भोलिपल्ट रङ र अबिर खेलेर होली मनाइन्छ। तर यस वर्ष चन्द्रग्रहणका कारण मधेशमा दुई दिन होली मनाइँदैछ।
आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
यही बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतहरु धमाधम मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।
रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् ।
यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताउनुभएको छ ।
रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरु सुरु भएको आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङका १३२ मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने ४९ प्रकारका विभिन्न सामग्रीसहित मतपेटिका, मतपत्रसहित कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा जान थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।
तनहुँमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।