झापाको गौरादह नगरपालिका –५ स्कूलचौन बजारबाट प्रहरीले शनिवार राति तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी –१० माइधारका ३३ बर्षिय सरोज शर्माको आफ्नै छिमेकीहरु मिलेर अपहरणपछि हत्या गरेको रहस्य खुलेको छ ।
जिल्लाको रामपुर नगरपालिका–५, स्थित रामघाटमा जेष्ठ नागरिक विद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गर्न लागेको जेष्ठ नागरिक विद्यालय व्यवस्थापनको अन्तिम तयारी भईरहेको रामपुर नगरपालिकाले जनाएको छ ।
यसपटकको वर्षाले ताप्लेजुङका किसानलाई फाइदा र बेफाइदा दुवै भएको छ। हिजोआज थन्क्याउन सुरु भएको धान बालीका लागि बेफाइदा भएको छ भने नगदेबाली अलैँची लगायतलाई वर्षाले फाइदा गरेको हो।
सप्तरीको राजगढ गाउँपालिका –६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो।
नेपाल विद्युत प्राधिकरणले दाङको दुई सिमेन्ट उद्योगको विद्युत लाइन काटेपछि मजदुर र कर्मचारी विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका कर्मचारी र मजदुरले आइतवार नेपाल विद्युत प्राधिकरण घोराही शाखामा एक घण्टा धर्ना दिएका छन् ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले धान खरिदमा ढिालाइ गर्दा किसानहरू मर्कामा परेका छन् ।
एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्रका बेथिति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ।
मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँखण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका –५ र ६ का स्थानीयले आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकाका प्रमुख हर्कराज साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ। निर्वाचन आयोगले उहाँ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार मान्यताको प्रमाणपत्र दिएपछि पत्रकारसँग बोल्दै साम्पाङले यस्तो बताउनुभएको हो।
बाँके र बर्दिया जिल्लाका किसानहरुले हालसम्म ८० प्रतिशतभन्दा बढी धानबाली काटेर भित्र्याएका छन् ।
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा –८ को कमानेका आयुष बस्नेतको गए राति मृत्यु भएको हो ।