१०० वर्ष अघिको गोर्खापत्र
देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ । चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
जेनजी आन्दोलनका विषय समेटिएको सौन्दर्यविद् सुषमा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनका तीन परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (बानेश्वर संसद् भवनअगाडि श्रीमान् गुमाइन्), कीर्तिपुरका विष्णुबहादुर तामाङ (बुद्धिबहादुर तामाङका बुवा) र पार्वती अधिकारी (आन्दोलनमा आफ्ना छोरा गुमाइन्) को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का मुख्य गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो ।
बढ्दो साइबर जोखिम नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आइटी) अडिट व्यवस्था लागु गरेको छ । ‘आइटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै नेप्सेले ट्रेडिङ सिस्टमदेखि ग्राहक डाटा व्यवस्थापन, सर्भर, नेटवर्क सुरक्षा र मोबाइल एपसम्मका सम्पूर्ण डिजिटल पूर्वाधारको नियमित परीक्षण गर्नुपर्ने प्रावधान लागु गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधारभुमि भएकाले मतदाताको अपार माया रहेको बताउनुभएको छ । निर्वाचनमा मौन अवधी सुरु हुनुभन्दा केही समयअघि सन्देश जारी गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।
गौशाला नगरपालिका –५ स्थित गौशाला बजारमा सोमबार साँझ बालबालिका खेल्ने क्रममा एक महिलाले बच्चा चोरी गर्न लागेको हल्ला फैलिएपछि अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षकर्मीले १७ राउण्ड हवाइ फायर गरेको छ ।
सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरू यतिबेला पार्टीलाई बदलेर देश बदल्ने प्रतिज्ञासहित निर्वाचनमा होमिएको बताउनुभएको छ ।