फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छन् ।
पञ्चायतकालमा सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा पकड जमाएका नेताको सूची लामो छ । बैतडीका ललित चन्द, लोकेन्द्रबहादुर चन्द, डोटीका खड्गबहादुर सिंह, खड्गबहादुर (केबी) शाही र नारायणदत्त भट्ट, अछामका नैनबहादुर स्वाँर, बाजुराका प्रकाशबहादुर सिंह, डडेलधुराका लालबहादुर खडायतका साथै बझाङका वीरेन्द्रबहादुर सिंह, चन्द्रजङ्गबहादुर सिंह र गगनजङ्गबहादुर सिंह सुदूर पश्चिमेली चर्चित पञ्च नेता थिए ।
भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।
कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ। कुवेतस्थित अमेरिकी दूतावास नजिकैको क्षेत्रमा धुवाँ उडिरहेको देखिएको बताइएको छ।
स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि दुई वटै निर्वाचन क्षेत्रमा तारजाली लगाएर स्थल तयार पारिएको हो ।
वर्तमान समाज व्यवस्थाभित्रका विभिन्न क्रियाकलाप एवं निकायमा महिलाको सहभागिता तथा नेतृत्वको बहस भइरहेको छ । समाज विकासको ऐतिहासिक विकासक्रम केलाउने हो भने आजभन्दा करिब चार हजार वर्ष पुरानो प्राचीन समाज व्यवस्थामा पनि विभिन्न आर्थिक तथा राजनीतिक क्रियाकलाप एवं निकायमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरेको तथ्य त्यसबेला सिर्जित ऐतिहासिक सन्दर्भले प्रस्तुत गरेको देखिन्छ ।
टर्कीले इरानसँगको आफ्नो स्थलसीमाबाट हुने यात्रु आवागमन अस्थायी रूपमा स्थगित गरेको छ। यद्यपि व्यापारिक कारोबार र आधिकारिक आवागमन भने सहज रूपमा जारी रहने अधिकारीहरूले जनाएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
तराईमा मआज होली पर्व मनाइँदै छ । तर आज चन्द्रग्रहण र मङ्गलबार परेकाले कतिपयले बुधबार होली मनाउने तयारी गरेका छन् ।
गुल्मीका सबै मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेका छन् । सोमबार अवेरसम्म जिल्लाका १४५ मतदानस्थलमै निर्वाचन सामग्रीसहितका कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
यही बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी चिनसँग सीमा जोडिएको कोरला नाका बन्द गरिएको छ ।
चलनचल्तीमा तिब्बतलाई उहिले ‘भोट’ भनिन्थ्यो । नेपाली लेखापढीमा तिब्बत शब्द प्रयोग नगरी ‘भोट’ शब्द प्रयोग गरिन्थ्यो । भोटसँग नेपालको सम्बन्ध नेपाल एकीकरणभन्दा पहिलेदेखिकै हो । मल्लकालमा समेत भोटसँग काठमाडौँ उपत्यकाको व्यापार हुने गथ्र्यो । सन् १८५६ देखि भोटमा नेपाल सरकारका प्रतिनिधि वकिलका रूपमा रहन थालेका थिए ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।
ज्वरोको लक्षण देखिएर एकै घरका दुई जना १३ र १० वर्षका बालकको मृत्यु भएपछि चिकित्सकको टोलीले परिवार र गाउँका मानिसको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन मतदान सामग्री बोकेर कर्मचारी र प्रहरी आआफ्नो कार्यक्षेत्र लागेका छन् । बिहीबार हुने निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान सहायक, सुरक्षामा खटिने प्रहरी टोली मतदान सामग्री बोकेर टोली सोमबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको हो । मतदानको दिन प्रयोग हुने सामग्री ५१ प्रकारका छन् ।