आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चाधिकारीको टोलीले ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेको छ ।
सर्लाहीमा एक जना मतदान अधिकृतको हृदयघातबाट मृत्यु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मोरङ जिल्ला विराटनगर महानगरपालिका-७, डाँफे चोकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्कृय गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल निर्माणलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।
सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।
निर्वाचनका कारण वीरगन्ज–रक्सौलसहित पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका सोमबार राति १२ बजेपछि पूर्णरूपमा सिल गरिएको छ ।
नेपालभाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा-फ्लिक्स’ को घोषणा सभा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी उपस्थित रहनुभएको थियो।
आइसिसी टी–२० विश्कपमा खराव प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले टोलीका खेलाडीलाई आर्थिक जरिवाना गरेको छ ।
गैँडाकोट नगरपालिका–४, इँटाभट्टा बस्ने ७५ वर्षीय टोपबहादुर थापा र उहाँका ४१ वर्षीय छोरा नारायण थापाबिच घरायसी विषयमा झैंझगडा भएपछि आगजनी भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार फ्रान्सले आफ्ना परमाणु हतियारको सङ्ख्या बढाउने र महाद्वीपको रक्षाका लागि आठ देशसँग सहकार्य गर्ने बताउनु भएको छ ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ ।
क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र क्षेत्र नं. २ का लागि ढोरपाटन नगरपालिका–२ बुर्तिबाङस्थित कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल निर्माण गरिएको हो ।
चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ।