निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले भक्तपुरको लोकन्थलीबाट नियन्त्रणमा लिएको छ ।
माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
भारतीय एयरलाइन्सले युद्वका कारण मध्य पूर्वका देशमा रोकिएका हजारौं यात्रुलाई स्वदेश फर्काउनका लागि सीमित व्यावसायिक सेवा पुनः सुरु गर्ने जनाएको छ ।
‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को उपाधि आकाश दुलालले जित्नुभएको छ ।
जिल्लाका ३५ वटा संवेदनशिल मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) उनको एजेन्सीले इरानमा अमेरिका र इजरायलको आक्रमणपछि कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा क्षति भएको ‘कुनै सङ्केत नभेटिएको’ संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार जानकारी गराउनु भएको छ ।
निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।
कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा सुविधामा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यासको मूल्य बढेको हो ।
इजरायली सेनाले लेबनानका दर्जनौं स्थानमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दालाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाउँमा जान आग्रह गर्दै आदेश जारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताउनु भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को विन्दुमा कायम भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चाधिकारीको टोलीले ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेको छ ।
सर्लाहीमा एक जना मतदान अधिकृतको हृदयघातबाट मृत्यु भएको छ ।