• १९ फागुन २०८२, मङ्गलबार

पोर्टल निर्माणसम्बन्धी अत्यन्त जरुरी सूचना

युएईमा अलपत्र नेपालीको उद्धारको पहल : पोर्टलमा दर्ता हुन आह्वान

blog

अबुधाबी, फागुन १९ गते । मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको छ ।

विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा यूएईका विमानस्थलमा अलपत्र परेका र भिसा समाप्त भएका वा कम्पनीमा भिसा रद्द गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई पोर्टलमा आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न हार्दिक अनुरोध गरेको छ । 

नेपाली राजदूतावास आबुधाबीले जरुरी सूचना सार्वजनिक गर्दै अलपत्र नेपालीलाई पोर्टलमा विवरण भर्न अनुरोध गरेको हो । विवरण भर्नका निम्ति यो लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।