प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैगर्दा दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मा ५० जना प्रवेश गरेका छन् ।
योद्धा पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक निर्वाचन प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । रौतहट फतुवा विजयपुर नगरपालिका –७ घर भएका २४ वर्षीय पवन साहको उपचारका क्रममा सोमबार पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
हेटौँडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा निर्वाचन सुरक्षामा खटिएका एक म्यादी प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिनुभयो।
उदयपुरको रौतामाई गाउँपालिका –५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डमा आज बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी खोटाङ्गको खोटेहाङ गाउँपालिका –७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाइते भएका छन् ।
पाँच वर्षभन्दा बढी समयपछि संसदको पहिलो बैठक बोलाउने तयारी भइरहेका बेला म्यान्माको सैन्य नेतृत्वले १० हजारभन्दा बढी कैदीलाई आममाफी दिएको घोषणा गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न धनकुटा जिल्लाभर नेपाली सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको छ ।
हेटौँडा उपमहानगरपालिका –१० स्थित वाइपास सडकको गाडीले स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
तराई–मधेश तथा मिथिला क्षेत्रको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरु आफनो सम्पुर्ण विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम आइपुगेका छन् ।
सर्लाहीमा बहुजन एकता पार्टी नेपालका उम्मेदवार सोमबार नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ ।
इरानमा अमेरिका-इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबिच मध्यपूर्वको सुरक्षा अवस्था तीव्ररूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० का महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई ‘अत्यधिक संयम’ अपनाउन कडा आग्रह गर्नु भएको छ ।
इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजार गहिरो गिरावटमा पुगे ।
रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सोमबार अपरान्ह भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सोमबार पाँचथर सदरमुकाम फिदिममा राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका एक जना उम्मेदवार पदमप्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्नुभएको छ ।