• १८ फागुन २०८२, सोमबार

निर्वाचन प्रहरीको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, फागुन १८ गते । योद्धा पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक निर्वाचन प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । रौतहट फतुवा विजयपुर नगरपालिका –७ घर भएका २४ वर्षीय पवन साहको उपचारका क्रममा सोमबार पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

फागुन १४ गते दिउँसो हेटौँडा उपमहानगरपालिका –८ कर्रा पुलनजिक पूर्व–पश्चिम सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । रौतहटबाट काठमाडौँतर्फ जाँदैगरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको योद्धा पिकअप गाडीले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत निर्वाचन प्रहरी साह गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटनामा संलग्न योद्धा पिकअप गाडी र चालक चन्द्रपुर नगरपालिका –८ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।