दृष्टिविहीन व्यक्तिलाई उपयुक्त सीपसँग जोड्न आवश्यक रहेको वक्ताहरूले बताउनुभएको छ । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त सीपसँग जोड्न आवश्यक रहेको भन्दै पाठ्यक्रम तयार गर्न लागिएको बताइएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आधारहीन, असत्य र भ्रामक आरोप लगाएर सरकारले जनतालाई गुमराहमा पार्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक आज साँझ ६ बजेका लागि निर्धारण भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै साँझ ६ बजे बैठक बस्ने जानकारी दिएको हो ।
कपिलवस्तुको तीन पालिकाले बालश्रम मुक्त बनाउने अभियान चलाउने भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने योजना बनाएको हो ।
सडक निर्माण गरिँदा सबैभन्दा झन्झटिलो काम रुख विरुवा काट्नेमा हुनेगरेको छ । नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम अघि बढेपछि भने छोटो समयमै सडकको बीचभागमा पर्ने रुखहरु हटाइएको छ । सडकका पोलहरु सारिएका छन् ।
शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको छ । बैठक नियमित विषयमा छलफलका लागि बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
सप्तरीमा सवारी दुर्घटनामा परी दुई युवकको मृत्युु भएको छ । एक जना गम्भीर घाइते भएको सप्तरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्ड अन्तर्गत सखडामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्युु भएको हो । अर्का एक जना गम्भीर घाइते हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनका लागि सहसचिव स्तरीय समिति बनाएर काम गरिरहेको बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहनुभएका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृह मन्त्रालय पठाइएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिक रूपमा असफल भएको बताएका छन् ।