राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अंगदान गर्ने घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रवार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
ज्यानले बोक्न सकुन्जेल घाँसको भारी पुगेपछि जुनुमाया पुनले भारीलाई बलियोसँग बाबियोको डोरीले दुई ठाउँमा कसिन् । मध्य साउन भएकाले कतिबेला पानी पर्छ भन्ने कुनै ठेगान थिएन । दुई दिनको झरी थामिएको मौका छोपेर जुनु गाईबस्तुका लागि घाँस र स्याउला काट्न चोरमारा वन आएकी थिइन् । चोरमारा वन नामजस्तै लुटपाटका लागि उहिलेदेखि नै कुख्यात थियो । यही चोरमारा वनमा कतिको धन लुटियो, कतिले इज्जत लुटाए भन्ने हिसाबकिताब नै थियो गाउँलेसँग । वन्यजन्तुको डर एकातिर छँदै थियो, अर्कोतिर वन उपभोक्ता समूहका मान्छेले देख्लान् कि भन्ने डर पनि थियो जुनुलाई । किनभने वन उपभोक्ता समूहले घाँस स्याउला
असाध्य चासो र चिन्ता छ उनलाई आज टिकट मिल्छ कि मिल्दैन ? उनलाई कतै जानु छैन । घरमा नै बसेर टिकटको जोहो गर्नुपर्ने छ । एक मनले भनिरहेछ : घरमा बसेर कसरी टिकट पाइन्छ होला । यस्तो भीड छ । नवीन यात्रा गर्नेहरूको । लस्कर छ, सबै टिकट स्टेसनहरूमा । यहाँ बसेर अनलाइन पनि होला तर कसले हेर्ने र त्यो अनलाइन ?
भुइँमान्छेको बाल्यकालदेखि राष्ट्रपतिको भूमिका निर्वाह गर्दासम्मको परिधिभित्र आफ्नो क्षमताले पूर्णाकार प्राप्त गरेको फरैना उपन्यासले कुनै बौद्धिक भूमिका लेखन समावेश नगरी शुद्धरूपमा सत्ताइस खण्डमा विभाजित लेखनलाई दुई सय अट्ठाइस पानामा समापन गरिएको छ । उपन्यासलाई कुनै बौद्धिक भूमिकाको प्रभावमा नपारेर अध्ययन र विश्लेषण गर्न पाठक वर्गप्रति स्वतन्त्रता प्रदान गरिएको छ । यो लेखकको आत्मविश्वास हो ।
कपिलवस्तुको प्रमुख व्यापारीक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधा भन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक बर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अरब ७५ करोड ४४ लाख उठाउने लक्ष्य रहे पनि एक अरब ७५ करोड २४ लाख मात्र राजस्व सङ्कलन भएको भन्सार अधिकृत ठाकुर गौतमले बताउनुभयो ।
नियमित सेवा लिन आउने सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारबाट टाइम कार्ड लागू गरेको छ। प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसो आउनेलाई पहेँलो टाइम कार्ड उपलब्ध गराई सेवा दिन सुरु गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गर्नुभएको छ। कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गर्नुभएको हो।
विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्। चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्।
राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब रुपियाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो। चालू आर्थिक वर्षमा सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्। तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन्। पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन्। ठुल्ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ। सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८.४ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक–पटक ताकिता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको, पत्रपत्रिकामा सूचना र एपीजी निकालेको छ। २०७६/७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला एक किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। तर नालामात्र निर्माण गरेर बाँकी काम अलपत्र छाडेको छ।
कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपत्पुरका अग्निपीडित मुक्त कमैया टेन्टमुनि चिसो रात बिताउन बाध्य छन्। घर अझै नबनेकाले उनीहरू टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन्। गत वैशाखमा आगलागी हुँदा सो बस्तीका २७ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए। त्यसपछि धेरैजसो अग्निपीडित परिवार सङ्घसंस्थाले दिएको टेन्टमा बस्दै आएका छन्। यो जाडोमा टेन्टमुनि कष्टकर रात बिताइरहेको उनीहरूको भनाइ छ।