दीपकप्रसाद गौतम
वीरगन्ज, जेठ १२ गते । वीरगन्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहसहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित वीरगन्ज महानगरका जनप्रतिनिधिले गत वर्षको जेठ १२ गते शपथग्रहण गर्नुभएको थियो। यो एक वर्षको अवधिमा महानगरवासीमा विकास र समृद्धिको आशा जगाउँदै सुधारका केही राम्रा काम थालनी गरेर सकारात्मक परिवर्तनको सन्देश दिन सफल भएको जनप्रतिनिधिको दाबी छ । एक वर्षअघि जिम्मेवारी लिएको यस नेतृत्वले पिठिया कर खारेज गरी सम्पत्ति करको दर तथा केही सेवाको महसुल, शुल्क र करको दर घटाएर निर्वाचनअघि जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गरेकोे नगर प्रमुख सिंहले बताउनुभयो ।
सेवा प्रवाहमा सुधार
यो एक वर्षको अवधिमा वीगरगन्ज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ। सेवाग्राहीको बढी भिड हुने कक्षमा एसी जडान, खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणालीसमेत लागु गरेको छ। कार्यालयको प्रत्येक शाखाका गतिविधि सिसिटिभीबाट नगर प्रमुखले सोझै निगरानी गर्न सक्ने व्यवस्था गरिएको छ। प्रत्येक वडामा एक वडा सचिव, कम्प्युटर अपरेटर व्यवस्था गर्दै महानगरपालिकाले एकीकृत सम्पत्ति कर र भूमिकर वडाबाटै तिर्न मिल्ने व्यवस्था गरिसकेको छ। महानगरका जुनसुकै कर अनलाइनबाटै तिर्न सकिने सिस्टम लागु गर्ने कार्य अन्तिम चरण रहेको प्रेस सल्लाहकार महेश दासले बताउनुभयो ।
विपन्नलाई सुविधा
वीरगन्ज महानगरले विपन्न वर्गका लागि विशेष सुविधा ल्याएको छ। ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरपालिका भित्रका तीन हजार ७६२ घरपरिवारको माघको र पाँच हजार ३११ घरपरिवारको फागुनको विद्युत् महसुल भुक्तानी गरेको छ।
त्यस्तै माघ महिनामा २५ किसान र फागुनमा ३९ किसानको कृषि मिटरको सम्पूर्ण विद्युत् महसुल आफैँ भुक्तानी महानगरले गरिदिएको छ। किसानकै लागि कृषि सामग्री कम्पनीले वीरगन्ज महानगरका लागि दुई हजार ७७१ बोरा मात्रै कोटा छुट्याइएकोमा थप १४ हजार बोरा व्यवस्थापन गर्न लगाई वडा कार्यालयमार्फत वितरण गरेको छ। महानगरले उन्नत बिउबिजनमा ५० प्रतिशत अनुदान दिँदै ९० टन गहुँको बिउ वितरण गरेको छ ।
फोहोर व्यवस्थापन तथा पर्यावरण संरक्षण
समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगन्जवासी बताउँछन्। फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल, ल्यापटपबाट सोझै दिन गक्ने व्यवस्थासमेत गरेको छ। हरियाली सहर बनाउनका लागि बाइपास, घण्टाघर, मितेरी पुल प्रवेशद्वार, ड्राइपोर्टलगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टाघरदेखि पावरहाउससम्मका सडकबिचको डिभाइडरमा तीन तह हुने गरी वृक्ष तथा फूल रोप्ने कार्य गरिरहेको छ।
ट्राफिक व्यवस्थापन
जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने, छाडा चौपाया नियन्त्रण लिने काम भएको छ। महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ। हजारी मल धर्मशालाको जग्गा खाली गरी त्यस क्षेत्रलाई पार्किङ स्थल बनाएर घण्टाघर टाँगा स्ट्यान्डदेखि मिनाबजार हुँदै गहवामाई मन्दिरसम्म पुग्ने बाटो खुला गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि
सार्वजनिक शिक्षा सुधारमा पनि महानगरले चासो दिएको छ। जीर्ण रहेको विद्यालयको सुधार, शिक्षकको व्यवस्थापन र गुणस्तरीय पठनपाठनका लागि नियमित अनुगमन गरी व्यवस्थित बनाउन महानगर सव्रिmय रहेको छ। शिक्षक कर्मचारीको कार्यदक्षता बढाउने, प्रभावकारी कार्यसम्पादन गर्ने, नागरिक सचेतनाका लागि गतिविधि सञ्चालन गर्ने कामलाई प्राथमिकतामा राखिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताउनुभयो । महानगरपालिका भित्रका चार सामुदायिक विद्यालयलाई यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। गरिब, विपन्न तथा फरक क्षमता भएका व्यक्ति पनि सरकारी सेवामा जाऊन् भनी महानगरले लोक सेवा, शिक्षक सेवा र सेना एवं प्रहरी सेवालगायतको विभिन्न समयमा निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । महानगरको वडा नं. १७ देखि ३२ सम्म मेयर घरदैलो कार्यव्रmम सञ्चालन गरी करिब १० हजारभन्दा बढीलाई निःशुल्क परामर्श सेवा, प्याथोलोजी र औषधि सेवा प्रदान गरेको छ । स्वास्थ्य चौकीबाटै विशेषज्ञ सेवा प्रदान गर्न मेडिकल अधिकृत, नर्स, अनमी कर्मचारी राख्ने उद्देश्यले महानगरले पदपूर्तिसम्बन्धी सूचना प्रकाशन गरेको जनसम्पर्क सल्लाहकार नवराज फुयालले जानकारी दिनुभयो।
पूर्वाधार विकास
महानगरपालिका शपथ लिएकै दिनबाट घण्टाघर क्षेत्रको वर्षौंदेखि जीर्ण भएको सडक कालोपत्रे गर्ने काम सुरु गरिएको थियो। यो सम्पन्न भइसकेको छ। एक वर्ष कार्यकालमा महानगरभित्रका सडक ५६० मिटर कालोपत्रे र नौ हजार ३४७ मिटर ढलान र सात हजार ५५८ मिटर सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ। महानगरसँग जोडिएका साबिकको नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित तथा योजनाबद्ध विकासका लागि मेट्रोपोलिटन ट्रान्सपोर्टेसन मास्टर प्लान (एमटिएमपी) निर्माणको प्रव्रिmयामा रहेको जनाएको छ।
युवा पलायन रोक्न प्रयासरत छौँ
– महानगर प्रमुखको पदभार ग्रहण गर्नुभएको एक वर्ष पूरा भएको छ। कस्तो अनुभूति गरिरहनुभएको छ ?
खासगरी मैले जुन काम गरिरहेको छु, त्यसको सुरुवातको यो थालनी मात्र हो। यो कामबाट पूर्ण रूपमा म सन्तुष्ट छैन। जुन सेवा वीरगन्जवासीलाई दिनुपर्ने हो त्यो मैले पूर्ण रूपले अहिले दिन सकिरहेको छैन। हामीले यो वर्षदेखि वीरगन्जवासी समक्ष कसरी सहज रूपमा सबै तहमा शिक्षा र स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्ने कार्यमा अगाडि बढिरहेका छौँ। सरसफाइप्रति म पनि सन्तुष्ट छैन । वीरगञ्ज महानगरको मेनरोड चिटिक्क सफा भयो भन्दैमा पूर्ण रूपमा वीरगन्ज सफा हुँदैन। शाखा रोडहरू पनि पूर्ण रूपमा चिटिक्क सफा हुनुप¥यो। त्यसका लागि लागिपरेका छौँ। आउँदो आर्थिक वर्षमा सरसफाइको काममा पूर्ण रूपले सफल हुन्छाैँ।
यसका अलावा वातावरणीय सुधार, ट्राफिक व्यवस्थापन र पार्किङस्थलको व्यवस्था, डुबान नियन्त्रणका लागि नाला सफाइ तथा व्यवस्थापन गर्नेजस्ता काम प्राथमिकतामा छन्। सञ्चालनमा रहेको उज्यालो वीरगञ्ज अभियानलाई अझ सशक्त बनाएर सहरका सडक उज्यालो बनाइएका छन् । बिग्रिएका बत्ति मर्मत, सडकका पोलमा लत्रिएका तारको व्यवस्थापन भइरहेको छ। आवश्यक कर्मचारी भर्ना गरेर प्रशासनिक काम चुस्त दुरुस्त पारेर छोटै समयमा आन्तरिक प्रशासनमा धेरै सुधार गरिसकेका छौँ।
– यो एक वर्षे कार्यकाल कतिको सफल भयो ?
सफल भएको भन्ने कुरा त वीरगन्जवासीले मूल्याङ्कन गर्ने विषय हो। वीरगन्जलाई धार्मिक पर्यटन हब बनाउने कार्य सुरुवात गरेका छौँ। मितेरी पुलदेखि परवानीपुरसम्म सौन्दर्यीकरणको काम अघि बढाएका छौँ। १७ देखि ३२ नम्बर वडालाई एक अर्कासँग सडक सञ्जालमा जोड्ने कार्य सुरु भइसकेको छ, त्यसका लागि टेन्डर निकालिएको छ। सम्झौताको काम बाँकी छ। स्वास्थ्य सेवा दुरुस्त बनाउन नारायणी अस्पतालसँग हातेमालो गरेर अस्पतालको बेथिति नियन्त्रण प्रयास भइरहेको छ। केही काम थालेका छौँ। यी कामलाई नियमित अनुगमन गर्ने, फलोअप गर्ने र व्यवस्थित गर्दै लैजाने छौँ।
–काम गर्नेव्रmममा तपाइँले देख्नुभएका चुनौतीहरू के के हुन् ?
काम गर्दा चुनौती आइहाल्छ नि। चुनौती सबै काममा हुन्छ। चुनौतीदेखि भाग्नुभएन। चुनौती हुन्छ भन्ने थाहा पाएरै यहाँ आएको हो नि ? कुनै अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन चुनौती त हुन्छ नै। चुनौतीको सामना गरी अघि बढ्छु, गर्छु।
– अबको कार्यकालमा के के गर्ने, कस्ता कस्ता योजना बनाउनुभएको छ ?
वीरगन्जका युवालाई कसरी रोजगारी सिर्जना गर्ने ? वीरगञ्जलाई आर्थिक नगरी भनिन्छ तर वीरगन्जका युवा रोजगारी नपाएर विदेश पलायन भएका छन्। त्यो रोक्ने मेरो पहिलो प्राथमिकता हुने छ। जति पनि कारखाना छन् जसमा विदेशी (भारतीय) कामदारहरू कार्यरत छन् उनीहरूको स्थानमा स्थानीय युवालाई पदस्थापना गर्नेतर्फ अगाडि बढ्ने छु। उद्योग कलकारखानामा कस्ता जनशक्ति चाहिन्छ जानकारी दिनूस् त्यस्ता जनशक्ति उत्पादन गरेर दिन्छौँ भनेका छौँ। युवालाई आफैँ कृषि रोजगारीमा, पशुपालनमा अगाडि बढाउन केही ठोस कार्यव्रmम ल्याउने योजनामा छौँ। खासगरी जबसम्म वीरगन्जवासी स्वस्थ रहँदैनन् तबसम्म विकसित वीरगन्जको परिकल्पना गर्नु व्यर्थ हुन्छ । त्यसैले गाउँगाउँमा हामीले अहिले छ स्वास्थ्य चौकी, दुई बर्थिङ सेन्टरमा एमबिबिएस डाक्टर राखेर सेवा सुरु गरेका छौँ।
विभिन्न विषय विशेषज्ञ चिकित्सकमार्फत ती ठाउँमा सेवा प्रदान गर्न लागेका छौँ। प्याथोलोजी जाँच, गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क र ११८ किसिमका औषधि निःशुल्क वितरण गर्न लागि परेका छौँ। आगामी आर्थिक वर्ष २०८०/८१ मा यो कामको थालनी हुने छ।
– तपाइँ आउनेबित्तिकै करारका धेरै कर्मचारी हटाउनुभयो आन्तरिक सरुवा धेरै गर्नुभयो तर पुनः आफैँले धेरै कर्मचारी भर्ना गर्नुभएको छ भनिन्छ नि किन ?
काम नै नगर्ने, विभिन्न स्वार्थले भर्ना गरिएका, अनावश्यक देखिएका करार कर्मचारीको म्याद थप नगरिएको हो। आवश्यक पर्ने जनशक्ति पूरा गर्न पुनः करारमा कर्मचारी भर्ना गरिएको हो। पुरानाभन्दा नयाँबाट धेरै र राम्रा काम लिन सकिन्छ। वर्षौं एउटै फाँटमा बसेका कर्मचारीका कारण महानगरको सेवा सुस्त भएको गुनासो आएपछि आन्तरिक सरुवा गरिएको हो। महानगरपालिकाको सेवा सुधार गर्नकै लागि कर्मचारी सरुवा ग¥यौँ । आवश्यक नयाँ कर्मचारी भर्ना गरेर काम कारबाही चुस्त दुरुस्त पारेका हौँ।
–महानगरको श्वेतपत्रमा अधिक कर्मचारी भर्ना गर्दा अनावश्यक खर्च भएको विषय उठाउनुभएको थियो तर तपाइँले कर्मचारी कटौती गरे जस्तो गरी अझै कर्मचारी थप्नुभयो ?
सुरुमा कर्मचारी कटौती गर्ने गरेका हौँ तर काम गर्न कर्मचारीको अभाव देखियो विभिन्न योजना, महानगरले दिने सेवा सहज पार्न जनशक्तिको खाँचो परेकाले कर्मचारी नियुक्त गर्नु परेको हो। करारमा नियुक्त गरेका हौँ काम नभए हटाउन पनि सकिन्छ।
–यो एक वर्षे कार्यकालमा तपाइँलाई भेट्न आउने स्थानीय बासिन्दाको साझा विषय के पाउनुभयो ?
मलाई भेट्न आउने धेरैलाई रोजगारी चाहिएको पाएँ। सयजनामध्ये ९८ जना रोजगारीकै लागि आएको मैले पाएँ। मेयर साहेबलाई जिताइयो रोजगारी दिनुप¥यो भन्ने साझा धारणा पाएँ। जनताले अपेक्षा राख्नु स्वभाविकै हो।
–निर्वाचनअघि गर्नुभएको प्रतिबद्धता कतिको पूरा हुने सम्भावना देख्नुभएको छ ? तपाइँ कति आशावादी हुनुहुन्छ ?
निर्वाचनमा मैले गरेका प्रतिबद्धतामा म कतिको खरो उत्रिएँ, कति सफल भएँ त्यो मैलेभन्दा पनि वीरगन्जवासीले भन्ने कुरा हो। वीरगन्जवासीले मूल्याङ्कन गर्ने कुरा हो मैले त जे पनि भनिदिन सक्छु। मेरो कार्यकालको अन्तिम समयसम्म प्रतिबद्धताहरू पूरा गर्न लागिरहन्छु। कति पूरा हुन्छन् त्यो समयले देखाउला।
–अन्त्यमा वीरगन्जवासीलाई के भन्न चाहनुहुन्छ ?
महानगरपालिकाका राम्रा कामलाई सबैले साथ दिनूस् मैले गलत गरेँ भनेँ विरोध गर्नूस्। वीरगन्जको विकासमा सहभागी हुनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु।