पिकनिकको सिजनमा झापा तथा इलामका पर्यटकीय स्थल भरिभराउ छन्। झापाको दोमुखा, जामुनखाडी, ह्याप्पी ल्यान्ड कनकाई, कालिका सिमसार, धनुषकोटीधाम, इलाम र झापाको सिमानास्थित माई नगरपालिका–२, ह्याप्पी ड्रिम्स (ह्याप्पी ल्यान्ड) चेप्टीमा पुसको पहिलो हप्तादेखि नै भीड बढेको ह्याप्पी ड्रिम्सका सञ्चालक दिनेश शिवाकोटीको भनाइ छ। हाल नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत, बङ्गलादेश र भुटानबाट समेत यस क्षेत्रमा घुम्न र पिकनिक खानका लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेको सिवाकोटीले बताउनुभयो।
जनकपुरबाट सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन्। ठाउँअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको भए पनि यहाँका एम्बुलेन्सले एकै स्थानबाट फरकफरक भाडा लिने गरेका हुन्। एम्बुलेन्स सञ्चालक समिति धनुषाले दूरीअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ। पछिल्लो पटक २०७८ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय धनुषाको अध्यक्षतामा बसेको बैठकले जनकपुरबाट सञ्चालित एम्बुलेन्सको भाडादर निर्धारण गरेको थियो। नेपाल रेडक्रस सोसाइटी धनुषा, जिल्ला स्वास्थ्य कार्यालय धनुषा र एम्बुलेन्स चालकलगायतको प्रतिनिधित्वमा बैठक बसेको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरूप भएको बताउनुभएको छ । नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सरकारले तोकेको उखुको नयाँ समर्थन मूल्यप्रति किसानले असन्तुष्टि जनाएका छन् । नयाँ समर्थन मूल्यविरुद्ध सङ्गठित भएर अगाडि बढ्ने र दबाबमूलक आन्दोलनका लागि रणनीतिक तयारीमा जुटेको अगुवा कृषकले जानकारी दिएका छन् । उखु क्रसिङ गर्नुअघि किसानले समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्दै आएका थिए । तर, आधाजसो उखु क्रसिङ भइसकेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो मूल्यमा २० रुपियाँ थप गरी नयाँ समर्थन मूल्य तोकेपछि किसान आन्दोलनको मानसिकतामा पुगेका हुन् । यो मूल्य कृषकले माग गरेकोभन्दा ८० रुपियाँले घटी हो ।
सिन्धुलीको माझकुभिण्डेका किसानको बगैँचामै अझै पनि लटरम्मै जुनार र सुन्तला छन् । बिक्री हुन नसकेको जुनार र सुन्तलाले किसानलाई चिन्तित बनाएको छ । यस बेलासम्ममा कुल उत्पादनको एक चौथाइ मात्रै बाँकी रहनुपर्ने थियो । यसको उल्टो एक चौथाइ मात्रै बिक्री भएकाले किसान चिन्तित बनेका हुन् ।
युरोपियन युनियन (ईयू)को हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न तत्काल अनसाइट एसेसमेन्ट भिजिटमा नआउने भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि ईयूले भने नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ।
शुक्रबार बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२०’ न्यारोबडी जहाज भारतको कोलकाता ‘डाइभर्ट’ भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज आरएनपी–एआर एप्रोच प्रणालीमा काठमाडौँमा अवतरण हुन सक्थ्यो तर विमानमा जडान भएका दुईवटा जीपीएस प्रणाली सिस्टममध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता ‘डाइभर्ट’ भएको बताउनुभयो ।
गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो सार्वजनिक भएको छ।
ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । पापुङ सिम्बुकका स्थानीय ठुन्डुक शेर्पाको घर र मतानमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ ।
बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।
भूकम्प जानुअघि भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरक्षा फौजबाट कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ ।
इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।