सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेस्थित भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल ।
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको सांसद इन्दिरा रानालाई मतदान गर्न सांसदसमक्ष प्रस्ताव राख्नुभएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा ऐतिहासिक भड्छा महोत्सव आज शनिबारबाट सुरु भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना –८ ले माघेऔंसीको अवसरमा मेला आयोजना सुरु भएको हो ।
डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।
जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका –१७, स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ ।
सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आज (शनिबार) को कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रूपमा काम गर्नेगरेको बताउनुभएको छ ।
कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्त्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पार्टीका पदाधिकारीसँग केन्द्रीय समिति बैठकको तयारी बारेमा छलफल गर्न ओशो तपोवन छेउमा रहेको ग्रीनलिप्स रिसोर्ट पुग्नुभएको छ ।
प्रतिनिधि सभाको उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।