थाहा छैन किन मलाई यो पूर्णेको रातप्रति यतिविघ्न मोह लागेर आउँछ । रात छिप्पिँदै जाँदा झन् खुल्दै गएको जूनलाई हेरिरहन पाउँदा मनमा एक प्रकारको ऊर्जा थपिएको महसुस हुन्छ । प्रायः म छुटाउँदिन पूर्णेको रातमा कौसीमा बसेर पुराना गीतहरू सुन्नलाई पनि । तर अरू बेलाको पूर्णेको रात र आजको पूर्णेको रातमा धेरै फरक थियो । अघिल्लो पूर्णेको रातमा म एक्लै थिएँ, आज मेरी उनी मेरो साथमा छिन् । हातमा हात समाएर ।
जीवनको सुन्दर बगैँचामा पल्लवित छे प्रेमको स्निग्ध फूल आज हाम्रै आँगनमा फुल्छे सुवासित पार्छे घर भोलि मन्दिर पुग्छे, पवित्र पार्छे मन्दिर पर्सि पुग्छे अर्को गाउँ, अर्को देश
निशब्दभित्र र कहीँ एकान्तमा समर्थन/विरोधका तुमुल घोषहरूउर्लने गर्छन् हिजोआज ।फगत म एक्लो : नयाँ महाभारत लड्दैछुअश्वत्थामा, कर्ण र दुर्योधनहरू मलाई चक्रव्यूहमा फसाउँदै अट्टहास हाँस्छन्,विजयघोष गर्छन् हिजोआजखै किन होस्वयंलाई समयभन्दा बलवान ठान्छन्भविष्यभन्दा वर्तमान् बाँच्छन् उनीहरूकुर्लेरै बाँच्छन्,म मौन चुपचाप र चुपचापरमिता हेर्छु/अन्याय सहन्छु हिजोआजम समयहरेक क्षण/हरेक युगयसरी नै अविरल बहिरहने गर्दछुम त्यस्तै झुठ र मानवता विरोधीयुग हेर्दैछु हिजोआजचेतन मान्छेभित्रकै अहङ्कारकोअघोषित युद्ध लड्दैछु हिजोआज ।
छैन क्यारे मेरा लागि दुख्ने मुटु पनि कति हाँस्छ्यौ म रुँदा नि ढुङ्गा जस्तै बनी । थाहै छैन कता गयौ दोबाटोमा छोडी जोवन मेरो बितिगयो तिमीलाई खोजी । यो मन दिएँ विश्वास गरेँ सधैँ आफ्नो ठानी
अमर त्यागीका ‘अदृश्य’ र ‘अक्लान्त’ शीर्षकका दुईवटा बाछिटा सङ्ग्रह र ‘अमानव’ शीर्षकको एक मुक्तक सङ्ग्रहसहित तीनवटा काव्यकृतिहरू गत वर्ष प्रकाशनमा आएका छन् । नेपाली साहित्यमा प्रयोग भएका यी नवीनतम काव्यकृति बेग्लै स्वाद र सन्तुष्टि पस्कन सफल रहेका छन् । नेपाली काव्य विधामा मुक्तकको प्रयोग नौलो होइन । समकालीन मुक्तककारबाट धेरै प्रयोग र प्रस्तुति आइसकेका छन् । यस क्रममा अमर त्यागीले निर्वाह गरेको यो नेतृत्वदायी प्रयोगचिन्तन निकै उल्लेखनीय रहेको अनुभव गर्न सकिन्छ ।
हरेक मानिसको जीवनमा सकारात्मक या नकारात्मक भावना आउने गर्छ । क्रोध पनि भावनाको प्रकार हो तर प्रायः नकारात्मक भावनाको स्थिति हो; जो सामान्यतया शत्रुतापूर्ण विचार, शारीरिक उत्तेजना र दुर्भावनापूर्ण व्यवहारसँग जोडिएको हुन्छ । मानिसको इच्छाविरुद्ध लगाइएको कुनै पनि प्रतिबन्ध क्रोधको परिणाम हुन्छ र जब क्रोध असमान्य रूपमा नियन्त्रणबाहिर पुग्छ, तब मानिस खलनायक, तर्कहीन र आक्रामक बन्न पुग्छ । क्रोधमा तीन तìव हुन्छ । शारीरिक प्रतिक्रिया, सङ्ज्ञानात्मक अनुभव र मानिसको व्यवहार तर कहिलेकाहीँ क्रोधले कुनै जटिल समस्याको समाधान खोज्न पनि प्रेरित गर्छ ।
बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले सुशासनका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ। प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेशप्रमुख शर्माले स्रोतसाधनको अभावका बीच प्रदेश लोकसेवा आयोग स्थापनाको तीन वर्षमा सम्पादन गरेका कार्यहरू प्रशंसनीय भएको बताउनुभयो। सुशासन कायम गर्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई आग्रह गर्दै प्रदेशप्रमुख शर्माले राजनीतिक नेतृत्व भ्रष्ट नभए कर्मचारीतन्त्रमा कम भ्रष्टाचार हुने धारणा व्यक्त गर्नुभयो।
सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका दोलखाका तीन हिमआरोही रोल्वालिङ हिमशृङ्खलाका दर्जनौँ हिमाल आरोहणका लागि ट्र्याक खोल्ने काममा लागेका छन्।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरको आम्दानी तथा खर्चको विवरण दुरुस्त नराखेको आरोप लगाइएको छ। पलाञ्चोक कालिका भगवती मन्दिरको पूजा तथा अन्य कार्यको व्यवस्थापनका क्रममा मन्दिरको नाममा सङ्कलित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छानबिन समिति गठन गरेको थियो। प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौला संयोजकत्वको छानबिन समितिले मन्दिरको आम्दानी तथा खर्चबारे छा
कर्णाली प्रदेशका बादी समुदायको दिगो विकास र उत्थानको सम्बन्धमा गठित कार्यदलले सुझाव तथा सिफारिससहित अध्ययन प्रतिवेदन तयार गरेको छ। अध्ययनका लागि प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।
दैलेखको इतिहास लेखन कार्यका लागि विज्ञहरू गाउँगाउँमा पुग्नुभएको छ। इतिहासविद् डा. राजाराम सुवेदी र डा. मधुसूदन गिरीको टोली जिल्लाका ११ वटा पालिकामा पुगेर त्यहाँका कला, साहित्य ऐतिहासिक, धार्मिक पुरातात्त्विक, सम्पदाहरूको अध्ययन अवलोकन गरिरहनुभएको हो।
तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी पुग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुग्नुभएका उहाँले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताउनुभएको थियो।
बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन ।
माघे सङ्क्रान्तिका दिन अर्थात् यही १५ जनवरी २०२३ का दिन यती एयरलाइन्सको विमान दुर्घटना भयो । उक्त दुःखद घटनामा ५३ जना नेपाली र १५ जना विभिन्न देशका विदेशी नागरिकसहित ७२ जना मानिसले अकालमा मृत्युवरण गर्नु प¥यो । त्यो अकल्पनीय त हो नै अनि त्यो ठूलो चिन्ता, भावुक र संवेदनशील विषय पनि हो हुन त नेपालमा यो पहिलो र ठूलो दुःखद दुर्घटना भने होइन । यद्यपि आन्तरिक उडानको यो अहिलेसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना भने अवश्य हो । यद्यपि वितेको २३ वर्षयता देशमा यस्ता ठूला साना १७ वटा विमान दुर्घटना भइसकेका छन् । त्यस्ता दुर्घटनामा परेर तीन सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तिनबाट हामीले उचित शिक्षा लिएर सम्बन्धित सबै क्षेत्रमा आवश्यक सुधार, सतर्कता र सावधानी अपनाउनु सबैभन्दा महìवपूर्ण हो ।
देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ भन्ने ठहर्छ । गुणस्तरीय शिक्षामा आमनागरिकले समान अवसर पाउनु पर्छ । राज्यले अवलम्बन गरेको नीतिले नागरिकलाई गुणस्तरीय शिक्षा दिई सबल र सक्षम बनाउन सहयोग गर्नुपर्छ । शिक्षा व्यक्तिको नैसर्गिक अधिकार हो र नागरिकको यो अधिकारलाई नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्थाले सुनिश्चित गरेको छ भने धारा ३९ को बालबालिकाको हकको व्यवस्थाले यसको पक्षपोषण गरेको छ ।