• १६ चैत २०८०, शुक्रबार

मिस हेरिटेज ग्लोबल अफ्रिका जाँदै

blog

काठमाडौँ, जेठ १२ गते । मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले सन् २०२३ सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ ।

दक्षिण प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा  मुनाले नेपालको सम्पदा झल्काउने करिब पाँच मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ । मिस हेरिटेज ग्लोबल नेपालका राष्ट्रिय निर्देशक उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पु-याउनु हुने विश्वास आफूले लिएको बताउनुभयो ।