• २ जेठ २०८२, शुक्रबार

काभा महिला भलिबल : भारत फाइनलमा

blog

भारतीय टोली ।

काठमाडौं, जेठ १२ गते । भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले उज्बेकिस्तानमाथि २५-१७, २५-२०, २५-१५ को सहज जित निकालेको हो ।

फाइनलमा भारतले नेपाल र नेपाल र काजकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल आजै (शुक्रबार) साँझ हुँदैछ । फाइनल खेल आइतबार हुनेछ ।